भारतीय प्रहरीका एसपी सहित ५ जना हतियार सहित नेपाल प्रवेश
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम ९ कार्तिक/ रक्सौल नाका भएर भारतीय प्रहरीका एसपी सहित ५ जना हतियारधारी टोली सहित नेपाल प्रवेश गरेको खुलेको छ ।

मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारेपनि ती प्रहरी साइरन बत्ती भएको भारतीय जीपमा पुल पार गरेर प्रवेश गरेका थिए ।

भारतिय प्रहरी गत शुक्रबार साँझ ७ बजे एमपी ओ ३ ए १९१५ नम्बरको गाडीमा भारतीय प्रहरी वीरगन्ज भन्सार हुँदै रजतजयन्ती चोक भएर बाइपास सडक हुँदै अन्तराष्ट्रिय नाकाबाट करिब १५ किलोमिटर भित्र परवानीपुरसम्म पुगेका थिए ।

त्यहाँ तैनाथ पर्सा प्रहरीले गाडीबाट १ थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउण्ड गोली बरामद गरेकोस्रोतले बतायो ।

‘४ जना बर्दीधारी प्रहरी सहित गाडीमा ५ जना थिए,’ स्रोतले भन्यो, ‘सिभिल ड्रेसमा रहेका एक व्यक्तिले आफू एसपी रहेको परिचय खुलाए ।’ गाडीमा मध्य प्रदेश रिवा जिल्ला ‘स्पेशल आर्म फोर्स’ ९ औँ बटालियनका एसपी नरवदा प्रसाद वरकडे सवार थिए ।

विहार राज्यको जारी विधानसभा निर्वाचनका लागि मध्यप्रदेशबाट वरकडेको टोलीलाई थप मद्दतका लागि पूवी चम्पारणको बेतियामा खटाइएको भारतीय प्रहरीले जनाएका थिए । हतियार र बर्दी सहित नेपाली भूमिमा प्रवेश निषेध रहेको डयूटीमा खटिएका प्रहरीले बताएपछि भारतीय प्रहरीले अन्जानवस प्रवेश गरेको जवाफ दिएका थिए ।

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्