प्रहरीद्वारा ३ किशोरसहित ८ जना कुटिए
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ८ कार्तिक । सप्तरीको मलेठ गाविसमा सर्वसाधारण जनतालाई प्रहरीले शनिवार राती कुटपीट गरेको विरोधमा स्थानीयवासिन्दाले आइतवार बिहान राजविराजमा प्रदर्शन तथा सभाको आयोजना गरेका छन् ।

उनका अनुसार प्रहरीले गाडी स्कर्टीङ्ग गराउने क्रममा जोलहरीमा नाच हेर्न भेला भएका सर्वसाधारण जनताले अवरोध पुर्याएका थिए । उनीहरुले गाडी चल्न नदिने अडान लिएपछि प्रहरीले बल प्रयोग गरेका छन् । आक्रोशित स्थानीयवासिन्दाले गाडीहरुमा ढुङ्गामुढा गरेका छन् । स्कर्टिङ्गमा रहेका केही गाडीहरुको सीसा फुटेको छ ।
गाडी स्कर्टिङ्ग गराउने क्रममा प्रहरीले गरेको लाठीचार्जबाट बसबिट्टी गाविस वडा नम्वर–५ का १५ वर्षिय दिपेश यादव, १४ वर्षिय बच्चालाल नोनियाँ लगायतका व्यक्तिहरु रहेका छन् । उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराइएको छ । दोहोरो झडपका क्रममा केही प्रहरी समेत स्थानीयवासिन्दाको कुटाईबाट घाइते भएको जनाईएको छ ।

प्रहरीले सर्वसाधारण जनतालाई कुटपीट गरेको विरोधमा मलेठ, बसबिट्टी, राजविराज नगरपालिकाका वासिन्दाहरुले विहानैदेखि सदरमुकाम राजविराजमा लाठी, फट्ठा, चिर्पट हातमा बोकेर प्रदर्शन गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरुले राजविराजको विभिन्न भाग परिक्रमा पश्चात सहीद दशन चौकमा विरोधसभाको आयोजना गरेका छन् । नगर परिक्रमाका क्रममा बजार तथा पसलहरु बन्द गराउनुका साथै मोटरसाइकल समेत चल्न दिएका छैनन् ।
विरोधसभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका केन्द्रीय महासचिव मनिसकुमार सुमनले मधेशको शालिनता एवम् शान्तिपूर्ण आन्दोलनलाई सुन्न अझैं बेवास्ता गरिए मधेश छुट्टै देश बन्ने चेतावनी दिएका छन् । सभामा सद्भावना पार्टीका केन्द्रिय नेता दिनेश यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, व्यवसायी भीमराज यादव, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, नेकपा माओवादीका रामगमन साह, रामचन्द्र यादव, चितरञ्जन यादव, कुदुश मियाँ, गङ्गाराम यादव, उमेश कुमार साह ‘कमाण्डो’, घुँघरु यादव, अशोक मेहता, दिनेश साह, भूपेन्द्र प्रसाद यादव लगायतले मन्तव्य व्यक्त गरेका छन् ।
यसैगरी सप्तरीका फर्सैठ गाविस स्थित झल्ही पुलमा समेत स्थानीय युवाहरुले प्रदर्शन जारी राखेका छन् । राजविराज–भारदह सडकखण्डमा उनीहरुले सडकमा टायर बालेर प्रदर्शनलाई निरन्तरता दिँदै मोटरसाइक चल्न समेत रोक लगाएका छन् । यता भारदह स्थित पूर्व–पश्चिम लोकमार्गमा समेत प्रदर्शन जारी रहेको छ ।
राजविराज–रुपनी सडकखण्डमा पर्ने मलेठ गाविस वडा नम्वर–४ जोलहरी टोलमा आयोजना गरिएको नाच कार्यक्रममा प्रहरीले अवरोध पुर्याउँदै स्थानीयवासिन्दाहरुमाथि लाठी प्रहार गरी कुटपीट गरेका हुन् । कुटपीटबाट तीन किशोर र पाँच जना महिला घाइते भएको स्थानीयवासिन्दा भीमराज यादवले जानकारी दिए ।