मिनीट्रक दुर्घटनाहुदा एकको मृत्यु, तीनको अवस्था गम्भीर
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक ३/गाईघाट बजारबाट पहाडी क्षेत्र फोक्सिङटारतर्फ जाँदै गरेको मिनीट्रक साउने गाविस–१ स्थित जङ्गलमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भीर छ।
आज बिहान ६ बजे भएको दुर्घटनामा खोटाङ बतासे-४ की १९ वर्षीया श्रद्धा राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ।
यस्तै खोटाङ बतासेकै ३२ वर्षीय मिनीट्रक चालक विष्णुकुमार राई, देवन राईसहित तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताए।
बा२ख ७६५६ नम्बरको उक्त मिनीट्रकले १५ जना यात्रु बोकेर साउने जङ्गलको कच्चीबाटोको ओरालोमा जाँदै गर्दा मिनीट्रक सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा परेका अन्य बाँकी ११ जना यात्रु सकुशल छ।
प्रहरीले अहिले सदरमुकाम गाईघाटबाट एम्बुलेन्ससहितका टोलीलाई घटनास्थलतर्फ पठाएको छ भने घाइते यात्रुलाई घटनास्थलमा पुगेर प्रहरी चौकी साउनेको टोलीले उद्धार गरिरहेको प्रहरीले बताएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्