यातायात सञ्चालनमा रोक फिर्ता लिन व्यवसायीको माग
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम/लहान— संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अमहड्तालका कारण ६७ दिनदेखि मधेसको जनजीवन ठप्प छ। लामो दुरीका सवारी साधन राती सुरक्षा स्कर्टिङमा चलिरहेका छन्। स्थानीय यातायात मोर्चाले चल्न दिएको छैन।

दशैँको अवसरमा मोर्चाले बन्दका कार्यक्रमलाई केही खुकुलो पारेको छ। स्थानीय बजार व्यवसाय संचालन गर्न दिएको छ। यातायात सञ्चालनमा लगाएको रोक फुकुवा नगर्दा व्यवसायीहरु रोष व्यक्त गरेका छन्।

'बजार सबै खुलीसक्यो राती राती लामो दुरीका गाडी चलेकै छन्', सगरमाथा बस व्यवसायी संघका अध्यक्ष हरिनारायण यादवले सोमवार नागरिकन्युजसँग भने,'छोटो दुरीमा चल्ने बसहरु किन नचलाउने?' बन्द गर्ने हो भने बजार र लामो दुरीका सवारी सबै ठप्प पार्नु पर्ने नभए आफूहरुलाई पनि गाडी चलाउन यादवले भने,'६७ दिनसम्म बस नचलाएर हामीले आन्दोलनलाई सहयोग गरेकै हौं, अब कति दिन ?'

'सबैथोक चल्ने अनि हाम्रो छोटो दुरीको बस किन रोक? हामीले मोर्चालाई भोली (मंगलवार) छोटो दुरीका बस सञ्चालनमा लगाइएको रोक फुकुवा गर्न आग्रह गर्छौं', उनले भने,'छोटो दुरीका बस सञ्चालकहरु दुई महिना बढीको बन्दले सडकमा आइसके।' हामी आन्दोलनको पक्षमै छौ उनले भने,'चाडपर्वको बेला छोटो दुरीका बस पनि सञ्चालन गर्न पाउनुपर्छ ।'

मानवीय हिसाबले पनि चाडपर्वका बेला मानिसलाई एक स्थानबाट अर्को स्थानमा जान भैरहेको असजिलोपन छोटो दुरीका बस चलेपछि समाधान हुन्छ उनले मोर्चासँग आग्रह गर्दै भने,'स्थनीय व्यवसायीको मार्कालाई बुझिदिनुहोस् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्