ऑनलाइन सिरहा डटकम तपाइँ स्वार्थरहित आन्दोलन गर्नुहोस् न सबले वाहवाह भन्नेछन् । तपाइँले लिएको नागरिकतामा खोट देखियो,त्यसकारण माओवादीमार्फत आन्दोलनको नाममा पहिलो हमला आफ्नै जिल्ला सर्लाहीको सिडिओ कार्यालय,त्यसको पनि नागरिकता फाँटमाथि गर्न लगाउनुभयो,कुनै रेकर्ड नरहने गरी कागजपत्र खरानी पार्नुभयो ।रेकर्ड नै फेला नपरेपछि के को अख़्तियार,के को उजुरी ? तैपनि यसवीच कसैले केही गरिहाल्ला कि भनेर ग्रिह मन्त्रालयले कारवाही किनारा नलगाउन्जेल जुनसुकै दलको सरकारमा मन्त्री बन्न छाड्नुभएन । जव फ़ाइल क्लोज़ गरियो,तव बल्ल बोर्डर एरियामा ६ वटा एफ़एम खोल्दै पत्नी शैलुकुमारी महतोलाई सांसद बनाउनुभयो । अहिले अंग्रिक्रितलाई राष्ट्रपति,प्रधानमन्त्री,प्रधान न्यायाधीश,सभामुख,सेनापति बनाउने मागसहित सिमानामा धर्ना र देशमाथि नाकाबन्दी लगाउँदै हुनुहुन्छ । नेताज्यू,यो देशले मन्त्री,साँसद,भव्य महल,धनदौलत,इज़्ज़त के दिएन तपाइँलाई र आज यो सानो नेपालमाथि यति ठूलो घात गर्दै हुनुहुन्छ ?

