सिरहामा तिन जना हत्तियारधारीलाइ प्रहरीले पक्राऊ गरेका छन
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कार्तिक ७/शंकाको भरमा तीन जना चढेर आउँदै गरेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा प्रहरीले लुकाएर राखेको रिबल्वर पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव निरीक्षक शिवनारायण यादवको कमाण्डमा खटिएको गस्ती टोलीले गए राती ८ बजेतिर जिल्ला सदरमुकाम समेत रहेको सिरहाको सिरहा नगरपालिका बड़ा न.१ स्थित दुर्गा मन्दिर नजिकबाट हतियारसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका ८ का १७ वर्षीय राम यादव, अफरोज भनिने मोहमद तोहिद राइन र सिरहा नगरपालिका ७ का १८ वर्षीय सन्तोष कुमार मुखिया रहेका छन् । प्रहरीलाइ शङ्का लागेर शरीर खानतलासी गर्दा अफरोजको साथबाट घरेलु निर्मित एक थान रिबल्वर पेस्तोल बरामद गरिएको जनाएको छ । प्रहरीले उनीहरु चढेको स.२प२२२३ नं. को मोटरसाइकल समेत बरामद गरी कारबाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए । पक्राउ परेकाहरु विरुद्ध हातहतियार तथा खरखजाना ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।


