काठमाडौंमै बालिकामाथि सामूहिक बलात्कार
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम २३ असोज/भारतको राजधानी नयाँदिल्लीमा बारम्बार हुने सामूहिक बलात्कार घटनाले विश्वकै ध्यान खिचेको छ । जसले नयाँदिल्ली महिलाका लागि असुरक्षित सहर बन्न पुगेको छ । नेपालमा पनि सामूहिक बलात्कारका घटना वेलावेला सार्वजनिक हुने गरेका छन् । तीन साताअघि नेपालकै राजधानीमा पनि एउटा सामूहिक बलात्कारको घटना भयो ।

मध्यराति ट्याक्सी खोजिदिने बहानामा एक १५ वर्षीया बालिकालाई चार युवकले एकान्तस्थलमा सामूहिक बलात्कार गरे । ललितपुर उपमहानगरपालिका भित्र पर्ने सुनाकोठीको टुटुल्केभीरनजिकै यो घटना भएको हो । तर, प्रहरी १० घन्टाभित्रै सबै अभियुक्तलाई पक्राउ गर्न सफल भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्