ऑनलाइन सिरहा डटकम २३ असोज/नेपाल–भारत मध्यपश्चिमी नाका जमुनाहमा बिहीबार दिनभर धर्ना बस्नेहरु
मुश्किलले ३०–३५ जना थिए। त्यसअघि करिब एक सातासम्म नाकामा न प्रदर्शन भयो न
त धर्ना। तैपनि भारतले सीमा क्षेत्रमा प्रदर्शन भइरहेको भन्दै सुरक्षा
कारण देखाएर पेट्रोलियम पदार्थ प्रवेशमा रोक लगायो।नेपालगन्ज प्रवेश गर्ने जमुनाह नाका मात्र होइन, पूर्वी तराईका ठूला नाकामा पनि सवारीसाधन ठप्प हुने गरी प्रदर्शन भएका छैनन्। भारतले भने प्रदर्शनकै कारण सुरक्षा खतरा बढ्न गई विशेष गरी पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर सीमाबाट छाड्न मानिरहेको छैन।भारतीय विदेश मन्त्रालयले बिहीबार दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा समेत ‘सीमामा शान्ति नहुन्जेल नाका पूर्ववत सञ्चालनमा आउन नसक्ने’ खुलायो।
भारतीय राजनीति र त्यहाँको सुरक्षा रणनीतिबारे जानकारहरु भने नाकाबन्दीमा सुरक्षालाई कारण देखाउनुलाई ‘कूतर्क’ भन्छन्। यसो भन्नुका पछाडि उनीहरुसँग बलियो तर्क छ। विगतमा विशेषगरी दसवर्षे सशस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन, लोकतन्त्रपछिको मधेस आन्दोलन र त्यसपछिका अन्य आन्दोलनमा सीमा क्षेत्रमा यसभन्दा भयावह र हिंसात्मक अवरोध भए। त्यसले नेपाल मात्र होइन, सीमापारिको भारतीय भूमिमा पनि प्रतिकूल प्रभाव पार्योव। भारतले भने आफ्नो भूमिबाट भरपर्दो सुरक्षासहित पेट्रोलियम पदार्थ पठाइरह्यो। सीमा पार गरेपछि त्यसको सुरक्षा नेपालले लियो।

