अन्तरीक्षबाट इन्टरनेट उपलब्ध गराउादै: फेसबुक
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकले यस्तो भुउपग्रह प्रक्षेपण गर्दैछ जसमार्फत अफ्रिकाका दुर्गम भागहरुमा इन्टरनेटको पहुँच स्थापित हुनेछ र मानिसहरुले मोबाइल फोनमार्फत इन्टरनेट चलाउन सक्नेछन् ।

फ्रान्सेली इन्टरनेट कम्पनी इयुटेलस्याट सँगको सहकार्यमा फेसबुकले अन्तरीक्षबाट निशुल्क इन्टरनेट उपलब्ध गराउने योजना बनाएको र सन् २०१६ को सुरुवातमा उपग्रह प्रक्षेपण गरिने फेसबुकका संस्थापक मार्क जुकरबर्गले घोषणा गरेका छन् ।

आफ्नो फेसबुक पोष्टमा जुकरबर्गले लेखका छन्, ‘हामीले समग्र विश्वलाई जोड्ने कामलाई निरन्तरता दिइरहेका छौँ, यसको अर्थ हाम्रो ग्रहभन्दा बाहिर पनि हेरिरहेका छौा ।’

फेसबुकको विवादित इन्टरनेट डट ओ आर जी परियोजना अन्तरगत अन्तरीक्षबाट इन्टरनेट उपलब्ध गराउन लागिएको हो । प्रक्षेपण गरिने अन्तरीक्षयानको निर्माणधीन अवस्थामा रहेको बताइएको छ ।

फेसबुकको पछिल्लो योजनाले विद्यमान भुउपग्रह प्रणालीकै प्रयोग मार्फत इन्टनेट उपलब्ध गराउने लक्ष्य लिएको छ ।
‘अघिल्लो वर्षभर फेसबुकले आकाशबाट जहाज तथा उपग्रहको माध्यमबाट पृथ्वीमा इन्टरनेट तरंग पठाउने प्रविधिको खोजी गर्यौा’, जुकरबर्गले लेखेका छन्, ‘दुर्गम क्षेत्रहरुमा बसोबास गर्ने मानिसहरुलाई इन्टरनेटमा जोड्नका लागि परम्परागत संरचनाहरु कठीन तथा अपर्याप्त हुने भएकाले हामीले नयाा प्रविधिको आविष्कार गर्नु आवश्यक हुन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्