कारबम आक्रमणहरुमा ५१ को मृत्यु, आइएस आतङ्ककारीद्वारा ७० व्यक्तिको हत्या
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /दक्षिणी र मध्य इराकमा शृङ्खलाबद्ध रुपमा भएका कारबम आक्रमणहरुमा कम्तीमा ५१ व्यक्तिको मृत्यु भएको समाचार छ । इराकको पूर्वी प्रान्त दियाला र दक्षिणी प्रान्त बास्राको बजारइलाकामा सोमबार भएका आक्रमणहरु कम्तीमा ५१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९२ जना घाइते भएका छन् । सोमबार र मङ्गलबार इराकका यी विभिन्न क्षेत्रमा भएका कारबम हमलाहरुमा ती व्यक्ति मारिएका प्रान्तीय प्रशासन स्रोतले जानकारी दिएको छ । ती विस्फोटनहरु प्रान्तीय राजधानी बाकुबाबाट उत्तरमा पर्ने खलिस सहर र तेलको लागि प्रख्यात सहर बास्राको दक्षिणतर्फ पर्ने जुबार सहरको प्रख्यात बजारहरुको पार्किङ्ग इलाकहरुमा भएको जनाइएको छ । विस्फोटनहरुमा सर्वसाधारणका कार र अन्य कैयौँ कारलगायत पसलहरु र वरपरका इलाकामा ठूलो क्षति पुगेको पनि समाचरमा जनाइएको छ ।

आइएसद्वारा ७० को हत्या

यसैबीच अन्बार प्रान्तमा आइएस आतङ्ककारी समूहले करिब ७० जना व्यक्तिको हत्या गरेको प्रहरी र आदिवासी नेताहरुले जनाएका छन् ।अन्बार प्रान्तका विभिन्न भू–भागमा भएका आइएसका यी हमलाहरुमा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइएसका लडाकूलाई लक्ष्यगरी इराकका विभिन्न क्षेत्रमा यसअघि अमेरिकी नेतृत्वको हवाई कारबाही गर्ने गरिएको थियो । तर हाल आएर भने सो हमला रोकिएको छ । सो कारबाहीका क्रममा पनि सयौँ जना आइएस लडाकू मारिएका थिए । संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार इराकमा जारी आतङ्क र हिंसामा परी सन् २०१४ मा कम्तीमा १२ हजार २८२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २३ हजार १२६ जना घाइते भएका थिए

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्