मधेश आन्दोलनमा उत्पीडितहरुको ऐक्यबद्धता हुनुपर्छ ः खगेन्द्र संग्रोला
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, १२ कात्तिक । मधेश आन्दोलनबारे काठमाण्डौंको मिडियामा समाचार आउंदै आउंदैन् आयो भने प्राय आन्दोलनलाई बद्नाम गर्ने अभिप्रायले आउंछ वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रोलाले बताउंनुभयो । मधेश मिडिया मिशन नेपाल (मिशन मधेश ) लहानले आयोजना गरेको ‘मधेश आन्दोलन किन ?’ विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथीका रुपमा संग्रोलाले काठमाण्डौंका अधिकांश मिडियाले आ—आप्mनो किसिमले ठूला नेता र सोही अनुरुपका पार्टीको कुरा उठाउंदै आएको छ । मधेश मिडियाबाट उपेक्षित रहेको बताउंनुभयो । संग्रोलाले नेपालमा जारी गरिएको संविधान ४७ सालतर्फ फर्किएकोले यो प्रतिक्रान्तिका औपचारिक संविधान हो त्यसमा कुनै शंका छैन् । त्यसमा पनि १६ बुंदेमा प्रचण्डले हस्ताक्षर गरिएपछि विधिवत रुपले क्रान्तिका नायकले आफैले तयार गरेको क्रान्तिको प्रतिक्रान्तिको खनायक प्रचण्ड हो उहांले बताउंनुभयो । क्रान्तिका खलनायक प्रचण्डले गौरवमय ईतिहास परित्याग गरेको छ । आफुसंग रहेका मधेशी, जनजाती, दलित, मुस्लिम ,थारुलाई परित्याग गरेका छन् । मधेशी मोर्चाका सहयात्रीलाई परित्याग गरेका छन् । यि सबैको भविष्यलाई परित्याग गरेर प्रचण्डले १६ बुंदेमा हस्ताक्षर गरेको बताउंनुभयो । संग्रोलाले संविधान कसरी जारी भएको छ ? जसमा मधेशी थिएन् , जनजाति थिएन्, दलित थिएन्, मुस्लिम थिएन्, उत्पीडित महिला थिएन् । गणित हिसाबले ९० प्रतिशत भनिएपनि राजनीतिक हिसाब, नैतिक र समाजिक हिसाबले एक तिहाईको संविधान हो । दूई तिहाईले जारी संविधान अस्वीकार गरेका छन् । यो संविधान दक्षिणपन्थी र फांसीवादी संविधान हो उहां संग्रोलाले बताउंनुभयो । क्रान्तिका नायकले क्रान्ति परित्याग गरेपछि मधेशले क्रान्तिको झण्डा उठाएको भन्दै संग्रोलाले जसलाई सिद्धान्त थाहा छैन, इतिहास थाहा छैन् ,राजनीतिक जटिलता थाहा छैन, समाजिक परिपाटी थाहा छैन् यिनीहरुले खस आर्य अहांकार उच्चवर्गका शासकहरुको विरुद्धमा आन्दोलनमा छन् । यसको लागि अन्तिमसम्म आन्दोलनमा रहनुपर्छ की त दासै भएर रहनुपर्छ । यस्ता अधिकांश मानिसहरु उत्पीडिनको पीडा असहय भएपछि मधेशीहरु सडकमा उत्रिएका छन् उहां संग्रोला बताउंनुभयो । मधेशमा यो आन्दोलन यत्ति लामो किन टिकियो ? मधेशीहरु २ सय ५० बर्षसम्म पहाडे शासकको दमन शोषणमा परेकोले यो अन्तिम लडाई हो भनी मधेशीहरुलाई लागेका छन् उहांले बताउंनुभयो । संग्रोलाले आन्दोलनले आदेश पालन गरेको छ । तपाईहरु आन्दोलनमा उठ्नु भएकोले धन्यवादका पात्र हुनुहुन्छ भन्दै आन्दोलन लामो समयसम्म गएपछि त्यसमा विभिन्न किसिमको समस्या हुन्छ । आन्दोलनमा घुसपैठ हुन्छ , आन्दोलनकारीहरु थकित हुन्छ , आन्दोलनलाई भ्रमित तुल्याउंन सक्छ । त्यसैले शसक्त रुपमा आन्दोलनलाई अगाडि बढाउंनुपर्छ यस मधेश आन्दोलनमा सबै उत्पीडितहरुको ऐक्यबद्धता हुनुपर्छ उहांले बताउंनुभयो । मधेशमा बसोबास गरेका पहाडेहरु, दलितहरु, जनजाती, थारु आन्दोलनमा जो छ यिनीहरुबीच व्यापक एकता हुनुपर्छ र आन्दोलनलाई निरन्तरन्ता दिनुपर्छ । यो देशमा स्वतन्त्र र समाजिक न्यायका व्यक्तिहरुलाई केही न केही आरोप लाग्ने गर्छन् । राणा शासनमा देशद्रोही, पंचायतमा अर्राष्ट्रिय तत्व, उग्रवादी भन्निथ्यो । संसदीय परिपाटीमा आंतकारी र अहिले आन्दोलनको पक्षमा प्रगतिशिल परिवर्तनको कुरा गर्छन् त्यसलाई विखण्डनकारी भन्छन् । उसलाई जातीवादी त्यतिले नपुगेर दिल्लीका दलाल भन्छन् । उहां संग्रोलाले यथाशिस्थितिवादीहरुलाई आन्दोलनले आफ्नो सत्तालाई हल्लाईरहेको देखेर अनेको आरोप लगाउंने गर्छन् । त्यस्ता आरोपहरुबाट विचल्न हुनुहुंदैन् । हामी सत्य र न्यायको पक्षमा हौं । खण्ड खण्डमा बाडिएको नेपाललाई संघीयताले अखण्डता नेपाल कुनै अखण्ड देश होइन् । भुगोल दृष्टिकोणले नेपाल मेचीदेखि महाकाली र हिमालदेखि मधेशसम्म हो । तर, जातीय भावनाको हिसाबबाट नेपाल मधेशी टापु, थारु टापु, दलित टापु, मुस्लिम टापु, जनजाती टापु र खस आर्य टापुहरु हो । उहां संग्रोलाले संघीयता भनेको तोड्ने होइन् जोड्ने हो । मधेश आन्दोलन नेपाललाई जोड्नको लागि हो । तोड्नको लागि होईन्, पहाडीयाहरु जो पुष्पकमल दहाल, केपी ओली, सुशिल कोइरालाहरुको बराबरी अधिकार पाउंनको लागि हो । अन्त्तरिम संविधानमा कबोल गरेको अधिकारको दावी गरेको छ । तर, समस्या के हुनसक्छ भने नेपालको राज्यसत्ता संचालन गर्नेहरुले न्यायको आधारलाई बन्दुकले दवाउने प्रयत्न जारी रहियो भने पृथकताको चर्को आवाज आउंन सक्छ । मधेशमा पृथकताको आवाज आयो भने त्यसको जिम्मेवारी मधेशहरुमाथी हुनेछैन । यसको जिम्मेवार बन्दुकबाट दवाउंन खोज्ने शासकहरुमाथी हुनेछ । आन्दोलनकारीहरु प्रयोजन र अभिप्राय नेपाल खण्डीत गर्नुपर्ने भनेको छैन । तर, यत्रो आन्दोलनपछि मधेशले पहाडी बराबरीको अधिकार पाउंदैन भने त्यसमा पृथकताको नारा हुनसक्छ । यस आन्दोलनलाई नेतृत्वपक्षले संयमित र शान्तिपूर्ण ढंगले लैजाउंनुपर्छ र विभिन्न आरोपहरुलाई खण्डीत गर्दै अघि बढ्नुपर्छ उहांले नेपालको मिडिया हामीसंग छैन । तपाई न्यायको पक्षमा हुनुहुन्छ भने मिडिया तथा कसैले केही गर्न सक्दैन् । हिटर पनि हारेकै हो । हाम्रै देशका महाराजा ज्ञानेन्द्र हारेकै हो । अहिलेका टोपी लगाउंने राजाहरुले मधेशको न्यायपूर्ण मागलाई बन्दुकले दवाउंन खोजेको हो । तिनीहरुको पनि अवस्था ज्ञानेन्द्र जस्तै हुनेछ । यसैले आन्दोलनमा एकताको जरुरी रहेको उहां संग्रोलाले बताउंनुभयो । कार्यक्रमका सभाध्यक्षता मधेश मिडिया मिशन नेपाल ( मिशन मधेश) का संयोजक दिनेश्वर गुप्ताले गर्नुभएका थिए । सो कार्यक्रममा पत्रकार युग पाठक, मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादव, सद्भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ता (राजु), एमाओवादी परित्याग गर्नुभएका रामरिझन यादव, मधेश गठबन्धनका केदार यादव, रामबल्व साह, मुस्लिम अगुवा महमुद आलम, नेपाली कांग्रेसका लहान नगर सभापति महेश चौधरी, पत्रकार महासंघ सिरहाका सचिव जीवछ यादव, महिला अधिकारकर्मी रेणु कर्ण, कलाकर्मी ललिता दासलगायतले मधेश आन्दोलनलाई निरन्तरन्ता दिनेवारे मन्तव्य राख्नुभएका थिए ।



