मधेसी मोर्चाको बैठक जनकपुरमा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम १४ कात्तिक जनकपुर / तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक जनकपुरमा बस्दैछ ।बैठकमा सरकारसँग जारी वार्ताको समीक्षा हुने नेताहरुले बताएका छन् । सरकार र मधेसी मोर्चाको वार्ता टोलीबीच पछिल्लो समय लगातार वार्ता भएपनि राजनीतिक मुद्दामा ठोस सहमति भएको छैन् ।मोर्चामा सरकारले वार्ताका नाममा आन्दोलन तुहाउने षडयन्त्र गरेको भन्दै आन्दोलन चर्काउनुपर्ने मत बलियो हुँदै गएको छ । तर, आइतबार नै अर्को वार्ता रहेको र सत्तारुढ दलका नेताहरुले सीमांकनबारे लचिलो भएर आउने सन्देश पठाएकाले मोर्चाले तत्काल वार्ता भंग नगर्ने नेताहरु बताउँछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्