राष्ट्रपतिमा कांग्रेसले ठाकुरलाई अघि सार्न सक्ने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम / कांग्रेसले राष्ट्रपतिमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ । कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाका नेताबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्नेबारे छलफल भइरहेको कांग्रेसको एक पदाधिकारीले बताए ।

महन्थलाई उम्मेदवार बनाउने विषयमा कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा बिहीबार साँझ दुई पक्षबीच छलफल भएको स्रोतले बतायो । ठाकुर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झासहितका मोर्चाका नेताहरुसँग कांग्रेस पदाधिकारीले छलफल गरेका थिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्