राष्ट्रपतिमा ३ जनाको उम्मेदवारी दर्ता
Advertise Here Book Now

एमालेकी विद्या भण्डारी, नेमकिपाका नारायण महर्जन र कांग्रेसका कुलबहादुर गुरुङ भिड्दै---

ऑनलाइन सिरहा डटकम कार्तिक १०/ बुधबार हुने राष्ट्रपति चुनावमा एमाले उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ। उनको दर्ता एक नम्बरमा छ । भण्डारीको उम्मेदवारीका प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा कमल थापा, योगेन्द्र चौधरी, दीपक बोहोरा, सीपी मैनाली, प्रेमबहादुर सिंह, जयदेव जोशी, चित्रबहादुर केसी, शिवालाल थापा, विसेन्द्र पासवान, लक्षमण राजबंशी र एकनाथ ढकाल रहेका छन्। मंगलबार मध्यान्ह संसद भवनमा उम्मेदवारी दर्ता गराउन भण्डारीसँगै प्रधानमन्त्री केपी ओलीसहित सत्ता गठबन्धनका नेताहरु गएका थिए। यसैगरी राष्ट्रपतिमै दोस्रो नम्बरमा नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी भक्तपुरका हुन् । महर्जन उम्मेदवारीका प्रस्तावक प्रेम सुवाल र समर्थक डिल्लीप्रसाद काफ्ले रहेका छन् । यस्तै नेपाली कांग्रेसको तर्फबाट कुलबहादुर गुरुङको पनि राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावक प्रकाशमान सिंह र समर्थक कृष्ण सिटौला रहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्