अान्दाेलनकारीले दुई मोटसाइकल जलाए
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम लहान, ८ कार्तिक/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले
राजमार्ग अवरुद्ध पार्ने क्रममा लहानमा दुई मोटरसाइकलमा आगजनी गरेका छन्।
बिहानैदेखि टायर बालेर प्रदर्शनमा उत्रिएका उनीहरुले मोटरसाइकल चालकलाई
कुटपिट समेत गरेका छन्।मोर्चा कार्यकर्ताले पूर्व पश्चिम राजमार्गको लाहान स्थित सप्तऋषि अस्पताल अगाडि बा ३६ प ८५८२ नम्बरको पल्सर बाइकमा आगजनी गरेका छन्। यसैगरी लाहान स्थित कुसवाह चोकमा बा ४१ प ४६०० मोटरसाइकलमा आगजनी गरिएको छ। दुवै मोटरसाइकल पूर्वबाट पश्चिम गइरहेका थिए।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्ता बिहानैदेखि पूर्व पश्चिम राजमार्गमा टायर बालेर सवारी साधन रोक्दै आएका छन्।
शनिवार दिउँसो आन्दोलनकारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोटरसाइकल चल्न नदिन आन्दोलन चर्काएपछि उत्पन्न असमान्य परिस्थितिका कारण प्रसाशनले गएराती ९ बजेबाट आइतवार बिहान ७ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको थियो।आन्दोलनकारीले शनिवार दिउँसो मोटरसाइकल अवरुद्ध गर्ने, तोडफोड गर्ने गतिविधि गरेका कारण स्थिति असमान्य बन्न थालेपछि राती सवारी स्कर्टिङलाई मध्य नजर गरी निषेधाज्ञा जारी गरिएको थियो।