तेल लीन गएका निगमको टोलीलाई चिनियाँ पक्षले फर्कायो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /केही समय अघि नेपाल आयल निगमले ग्लोबल टेन्डर मार्फत चीनबाट पेट्रोलियम पदार्थ ल्याउन निजी क्षेत्रका कम्पनीहरु ईच्छुक देखिएपछि केही दिन अघि मात्रै रसुवागढी हुदै आयल निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशिल भट्टराई नेतृत्वको टोली केरुङ हुदै न्यालम जान हिँडेको टोली सीमा नाका रसुवागढीबाट फर्किएको थियो।
केरुङ जाने बाटो अबरुद्ध भएपछि सो टोलीलाई चीनियाँ पक्षले फिर्ता पठाएको थियो। नागरिक दैनिकमा समाचार छ ।
चीनको सिमाक्षेत्र खम्बाटार देखि केरुङ सम्मको बाटो अहिले पहिरोले अबरुद्ध भएपछि यो नाकाबाट आवातजाबत बन्द छ। 'केरुङ रसुवागढी नाकाबाट तेल ल्याउने अनौपचारिक जानकारी आए पनि चिनीया पक्षले भने अझै बाटो सफा भइनसकेको जनाएको छ, प्रजिअ गेलालले नागरिकन्युजसँग भने, 'केही दिनअघि केरुङ जान खोज्दा बाटो अबरुद्ध छ खुले पछि हामी जानकारी गराउछौ भनेका छन् अब दुई तीन दिनमै खुल्छ कि भन्ने आशा छ।'
भुकम्पका कारण चीनको खम्बाटारदेखि केरुङसम्म दुई ठाउँमा पहिरो गएको छ। झण्डै ७ सय मिटर माथिबाट झरेको पहिरोले सडकको संरचना नै भत्काएको छ।
सडकको संरचना भत्काएपछि हाल अस्थायी रुपमा बाटो निर्माण गरिएको छ। उक्त मार्गमा ढुङ्गा खसिरहने भएकाले तत्काल मर्मत सम्भार गरेर मात्रै बाटो सञ्चालनमा ल्याउने तयारी गरिएको बताइएको छ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्