दुई वटा विषयमा संविधान संशोधन गर्ने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम आज मन्त्री परिषदले दुई वटा विषयमा संविधान संशोधन गर्ने भनी गरेको निर्णयलाई सकारात्मक उपलब्धीको रुपमा लिनु पर्दछ र आशा छ, यो निर्णय बमोजिम चाँडै संविधान संशोधन होला । राज्य हरेक संरचनामा समानुपातिक समावेशीको हक सम्बन्धि संशोधनले नयाँ संविधानको धारा ४२(१) लाई अन्तरिम संविधान २०६३को २१ को स्तरमा लानेछ । हुनलाई नयाँ संविधानले दलित र महिलाको हकमा समानुपातिक सुनिश्चित (धारा ३८ र धारा ४०) गरेको थियो । धारा २८५ ले सरकारी सेवामा (राज्यको हरेक संरचना होइन) समानुपातिक समावेशीको हक दिएको छ । तर यो संशोधनले दलित र महिला बाहेक मधेशी, आदीवासी जनजाती, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका हकमा समेत समानुपातिक समावेशीको हक राज्यका हरेक संरचनामा (न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका) सुनिश्चित गर्नेछ । यसकारण यो संशोधन एउटा उपलब्धीको रुपमा लिइनु पर्दछ । त्यस्तै जनसंख्याको आधार (धारा ८४(१)मा निर्वाचन क्षेत्र कायम गर्दा खास गरी मधेशको जनसंख्याको प्रतिशतलाई आधारमा मानिँदा निर्वाचन क्षेत्र बढ्ने र त्यसले गर्दा व्यवस्थापिका संसदमा उपस्थिति बढ्ने प्रायः निश्चित छ । केही विकट जिल्लाको भौगोलिक आधार (एक सिट नघट्ने गरी) गरिने संशोधनले मधेशको जनसंख्याको सम्मान पनि हुने र भौगोलिक कठिनाई भएको जिल्लाहरुको महत्व पनि हुने हुन्छ । यो संशोधनले अन्तरिम संविधानको धारा ६३(३) ले मधेशमा जनसंख्याको प्रतिशतको आधारमा निर्वाचन क्षेत्र हुने अधिकार प्रतिस्थापित हुनेछ । हुनलाई अझै पनि सिमाकंनको बिषयमा लामो संघर्षको यात्रा होला जस्तो छ र सिमाकंनको बिषय पनि टुंग्याउनु पर्दछ । तर जे भए पनि यो संशोधनले केही हदसम्म मधेशी समुदायको स्वामित्व यो संविधानमा बढाउनेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्