रौतहटमा २० राउन्ड गोली चल्यो ! स्थिती तनावग्रस्त
Advertise Here Book Now

रौतहट, १५ असोज । रौतहटमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।
सदरमुकाम गौरबाट पूर्व–पश्चिम राजमार्गमा अवरोध गर्न आएका मधेसी मोर्चा र थरुहटका करिब १ हजार प्रदर्शनकारीलाई रौतहटको चन्द्रनिगाहपुरमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
झडपको स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले  २० राउन्ड बढी गोली चलाएको छ । प्रदर्शनकारीलाई रोक्न खटिएका सशस्त्र र जनथपथ प्रहरीले अहिलेसम्म २० राउन्ड हवाई फायर गरेका छन् ।
त्यसैगरी १ दर्जन अश्रुग्यास प्रहार गरिएको छ भने रबरका गोली पनि प्रहार गरिएको छ । झडप जारी रहेकाले घटनाको विस्तृत विवरण आएको छैन । सुरक्षा निकायले अहिलेसम्म दुबैतर्फ घाइते भएकाहरुको विवरण दिएको छैन ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्