मधेसी मोर्चासँग सहमति जुटाउन प्रचण्ड सक्रिय
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /मधेसकेन्द्रित दलहरूसँगको गठबन्धन विपरीत कांग्रेस, एमालेलगायत तीन दलसँग १६ बुँदे सहमति गरी संविधान जारी गराउन अग्रणी भूमिका खेलेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल फेरि संविधान बहिष्कार गरेका ती दलहरूप्रति नरम देखिएका छन्।
बुधबार भारतीय राजदूत रञ्जित रेसँग भएको भेटवार्तामा उनले त्यस्तो संकेत दिएका हुन्। राजदूत रे बुधबार बिहान दाहाललाई भेट्न उनकै निवास लाजिम्पाट पुगेका थिए।’महन्थ ठाकुरजीले ल्याएका पाँचवटा सर्त पूरा गरिदिन प्रधानमन्त्रीसँग कुरा गरिरहेको छु’, दाहालले भने, ‘त्यसो भएमा औपचारिक वार्ता हुन्छ । आन्दोलनरत मधेस केन्द्रित दलका माग सम्बोधन गर्न संविधान संशोधन गरेर अगाडि बढ्न बल गरिँदैछ।’
सामाजिक न्यायका लागि समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने, सीमांकनमा नमिलेका विषयलाई संघीय आयोगमार्फत मिलाउने, अहिलेका ७५ जिल्लामा एउटा क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयलाई समेटेर संविधानको पहिलो संशोधन गर्न तीन दलका शीर्ष नेता सहमत भएका अन्नपूर्ण पोष्टले खबर छापेको छ ।
Prachanda1संविधान घोषणापछि गम्भीर चुनौती र संकटको सामना गरेका प्रमुख तीन दलका नेताहरूले नाकाबन्दी खुलाउन राजनीतिक र कूटनीतिक तहमा वार्ता गरिरहेका छन्। एमाओवादी अध्यक्ष दाहालले नाकाबन्दी खोल्न कूटनीतिक र राजनीतिक तहमा छलफल भइरहेको जानकारी दिए।
केही दिनअघि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग टेलिफोन वार्ता गरी नाकाबन्दी खुलाइदिन आग्रह गरेका थिए । नेपालमा बढेको भारतविरोधी मानसिकताप्रति भारतीय कूटनीतिज्ञले पनि चासो व्यक्त गर्न थालेका छन्।
तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गरिएको आठबुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता, आन्दोलनका घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति, सेना फिर्ता, थुनामा रहेकाको रिहाइ भएमा वार्ताका लागि वातावरण बन्ने बताउँदै आएका छन्।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्