काठमाडौँमा महतोको घरमा आक्रमणको प्रयास
Advertise Here Book Now
आक्रमण हुने समयमा नै प्रहरीले पुगेर युवाहरुलाई त्यहाँ बाट लखेटे पछि कुनै पनि अप्रिय घटना वा क्षति भने हुन पाएन । गौशाला प्रहरीका डिएसपी सुरेन्द्र मैनालीका अनुसार, १०० को संख्यामा बानेश्वर साइडबाट आएका युवाहरुको जुलुसले सिमामगल पुगेर राजेन्द्र महतो घरमा देश द्रोही लेखिएको ब्यानर झुण्डयाउन खोज्दा प्रहरीले हस्तक्षेप गरी हटाएको बताए । उनका अनुसार तत्काल बानेश्वर र गौशालाबाट गएका प्रहरी टोलीले युवाहरुको समुहलाई धपाएका थिए ।
यता, सद्भावना पार्टीका महासचिव मनिष सुमनले , २००—३०० को संख्यामा आएका अज्ञात समुहले महतो जीको घर चारै तिरबाट घेराउ गरी नारा जुलुस गरेको छ । घरमा त्रासको वातावरण उत्पन्न भएको उनले बताए । हाम्रो मध्य बानेश्वरमा रहेको पार्टी कार्यालयमा पनि ढुगामुढा गरी सिसा फोडेको महासचिव सुमनले जानकारी दिए ।


