सिरहामा मोटरसाइकल दुर्घटनामा साहको मृत्यु
Advertise Here Book Now

 रामभरोसी यादव
सिरहा–मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्युभएको छ । सिरहाको गोलबजार नगरपालीका– ७ का घाइते दिनेश साहको विराटनगरमा उपचारको क्रममा आज विहान ज्यान गएको हो । गत सोमवार राती जितिया मेलाको नाच हेर्न गएको वेला सिरहाकै अयोध्यानगर–३ कसहामा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । को. १५ प १३०२ र स. ४ प ६२१० नम्वरको मोटरसाइक एक आपसमा ठोकिंदा साह घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष निरौलाले जानकारी दिए । साहसँगै थप चारजना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको भारतको विहारस्थित दरभंगामा उपचार भईरहेको परिवारले जनाएको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्