जनकपुरमा भेटिएको लाशको नालीबेली ,के हो त भित्री रहस्य ?
Advertise Here Book Now

महेन्द्रनगर(धनुषा) १४ गते असोज, २०७२ आज धनुषामा भेटिएका लासहरु जनकपुर अस्पतालबाट कसैले दावी नगरे पछि गाड्न लागिएकोमा यसलाई धेरैले राजनीतिक मुद्दा बनाउन खोजिएको प्रहरीले बताएको छ। ‘विभिन्न मितिमा मरेका व्यक्तिहरु कसैले दावी नगरेपछि नगरपालिकालाई गाड्न जिम्मा दिइन्छ। नगरपालिकाले यस्ता लासलाई दुधमतिमा गाड्छ,’ जनकपुरका एसएसपी सुरेश बिक्रम शाहले भने, ‘तर आज नगरपालिकाले दुधमतिमा ३ वटा लास गाड्न बाटामा लैजाने क्रममा रोकेर यस माथि प्रश्न उठाईयो।’ फेलामा परेका लासहरु मध्ये भदौ ३१ गते जनकपुर उपमहानगरपालिका राम मन्दिर नजिक फेला परेको मागी हिड्ने अन्दाजी ३५ वर्षीया बेवारीसे महिलाको एक, असोज ९ गते बफै ६ मा वेवारिसे अवस्थामा मृत रहेको अन्दाजी ७० वर्षीय पुरुष र असोज १२ गते ज.उ.न.पा.१ रेल्वेमा फेला परेको माँगी हिड्ने लाटोको बेवारीसे लाश रहेको प्रहरीले जनाएको छ । कानूनी प्रकृया पश्चात स्थानीय निकायको खर्चमा सदगत गरीने गरीन्छ । त्यही गरीएको हो र बाकी लासहरु सम्सानघाटमा गाडेका पुराना लाशहरु हुनु पर्ने प्रहरीले जनाएको छ । एसएसपी शाहले प्रहरीले संचारकर्मी र स्थानीय नागरिक समाजलाई यसबारे बुझाएको बताए। ‘तर लास गाड्ने ठाउँमा गएर उत्खनन गर्ने भन्दै केहि मानिस गएका छन्। उहाँहरुको आशंका गलत हो,’ उनले भने, ‘उहाँहरुले भनेका तीन लासका हामीसँग मुचुल्कादेखि सबै रेकर्ड छ। कसैले हेर्न चाहेमा हामी देखाउन तयार छौं।’ प्रहरीसँग सबै रेकर्ड भएको र देखाउन तयार रहेको अवस्थामा अफवाह फैलाउनु दुःखद् भएको उनले बताए।

Advertisement

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्