जनकपुरमा एक दर्जनभन्दा बढी लास भेटियो, ३५ वटा हुन सक्ने(भिडियोसहित)
Advertise Here Book Now
अनुहार चिन्हिएका लासहरु थारु मुलको
जनकपुरधाम १४ आश्विन ।जनकपुरधामा एक दर्जनभन्दा बढी लास भेटिएको छ । र, करिब ३५ वटाभन्दा अधिक लास हुन सक्ने अनुमान गरिएको छ ।आज एक जना डोमले तीन वटा लास फाल्न लगेको अवस्थामा मानव साङ्गलोमा सहभागीहरुले ती डोमलाई पक्राउ गरेको छ ।लाससहित अक्षय डुम पक्राउ परेका छन् र उनले अहिलेसम्म ३५ वटाभन्दा अधिक लास फालेको बताएका छन् ।पक्राउ परेका डोमले भ्रमणपुरा चोक नजिक फोहोर फाल्ने ठाउँमा साल गाड्ने गरेको बताएका छन् । उनले ती शव अस्पतालबाट ल्याउनेगरेको बताएपनि अस्पतालको नाम खुलाएका छैनन् ।डाक्टर सन्तोष सिंहले एउटा शव व्यवस्थापन गरे वापत एक हजार रुपैयाँ दिने गरेका डुमले स्थानीयहरुलाई बताएका छन् ।डोमले ३५ वटा लास गाडेको बताएपनि अहिलेसम्म बालबालिका सहित एक करिब एक दर्जन खास भेटिएको छ । केही लासको शरिरमा गोली लागेको छ । केही लासको टाउकोमा कालो पट्टी बाँधिएको छ । त्यहाँ निकै गन्हाईरहेकोले लास खोज्ने काममा कठिनाई भइरहेको छ ।अहिले घटना स्थलमा मानिसहरुको घुँइचो लागेको छ ।थप जानकारी आउन बाँकी छ ।


