ओलीलाई मोदीको बधाई, भारत भ्रमणको निम्तो, समस्या समाधान गर्ने आश्वासन
Advertise Here Book Now
नेपालका लागि चीनका राजदूत द्वारा पनि बधाई
नेपालको सत्ता राजनीतिमा भारतको प्रत्यक्ष दवाव रहेको र एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री हुनबाट भारतले रोक्न चाहेको भनिए पनि ओली प्रधानमन्त्रीमा विजयी भए लगत्त भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।
नेपालमा नाकाबन्दी गरेकोमा भारतको चर्को आलोचक देखिनुभएका ओलीलाई मोदीले बधाई दिनु राजनीतिक सम्बन्ध सुधारको संकेतको रुपमा हेरिएको छ ।
यतिमात्र हैन नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण निम्तो समेत दिएका छन् ।
ओली निकट केन्द्रीय सदस्य राजन भट्टराईले दिएको जानकारी अनुसार प्रधानमन्त्री भएलगत्तै पार्टी कार्यालय पुगेका ओलीलाई मोदीले टेलिफोनबाट बधाई दिंदै भ्रमण निम्तो दिएका हुन् । अहिले मौखिक निम्तो दिएको छु, आधिकारिक निकायबाट पत्र पनि आउँछ भनेका छन् ।
टेलिफोन वार्तामा ओलीले भारतको नाकाबन्दीले पारवहन समस्या भएको भन्दै सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेपछि जवाफमा मोदीले नेपालमा के के असहज अवस्था छन् आफूले फुकाइउने आश्वासन दिएका थिए ।
त्यस्तै ओलीलाई वधाई दिन नेपालका लागि चीनका राजदूत उ चुन्ताई एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन् । सवा पाँच बजे पार्टी कार्यालय पुगेका चुन्ताईले प्रम ओलीलाई भेटेरै बधाई दिएका छन् ।


