लहानमा ४८ लास (फोटो फिचर)
Advertise Here Book Now
लहान, २४ असोज । मधेश आन्दोलनको ५८ औं दिन आज लहानमा लास सडकमा राखेर प्रदर्शन गरेको छ । मधेश आन्दोलनको विजभूमी लहानमा थरिथरिको प्रदर्शनको क्रममा आज मधेशी सहिदहरुको सम्झानामा वीच सडकमा लास बनेर युवाहरुले प्रदर्शन गरेको सद्भावना पार्टीका लहान नगर अध्यक्ष तथा युवा परिचालन संघर्ष समितिका संयोजक बालेश्वर यादवले बताए । सो प्रदर्शनमा स्थानीय युवा सन्तोष यादव, विजय यादव, वीरेन्द्र यादव, ज्ञानेन्द्र महतो, विमलेश यादव, गोपाल गुप्ता, सुरेशकुमार साह, राजा यादव, राजकुमार विक, रोशनकुमार यादव, राजकुमार यादव, कृष्ण चौधरी, रामअशिष यादवलगायत ४८ युवाहरु लास बनेर सडकमा प्रदर्शन गरेका थिए ।प्रहरीले टाउंको, छाती, घांटीलगायतको ठाउंमा गोली हानेर मधेशलाई आतंकित बनाएको विरोधमा सो सडक लास प्रदर्शन गरेको छ । कार्यक्रमका संयोजक बालेश्वर यादवले भने मधेशीको माग पूरा गर्न यो सयौ लास मात्रै नभई लाखौं मधेशी हामी सडकमा सहिद हुन तयार रहेको बताउंनुभयो । सो कार्यक्रम असोज २४ गते विहान ८ बजे लहानको एक नम्बर सडकमा गरिएको हो ।





