सिरहा र सप्तरीको दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता
Advertise Here Book Now
लहान, २३ असोज । जिल्ला प्रशासन कार्यालय सिरहा र सप्तरीले राजमार्गमा जारी गरेको दङ्गाग्रस्त क्षेत्र घोषणा असोज २४ गतेबाट फिर्ता लिने भएको छ ।
सिरहाको बलान खोलादेखि कमलासम्म र चोहर्वादेखि सिरहासम्म लगाउंदै आएको दंगाग्रस्त क्षेत्र फिर्ता लिएको छ । उता, सप्तरीको कोशी व्यारेजदेखि बलान खोलासम्म राजमार्गको दुवैतर्फ पाँच सय मिटर तथा कदमाहा सडकमा दङ्गाग्रस्त घोषणा गरेको थियो । शनिवार विहान ६ बजेदेखि दङ्गाग्रस्त क्षेत्र घोषणा फिर्ता गरिएको नेपाली सेना कृष्ण दल गणका गणपति भुवनेश्वर आचार्यले जानकारी दिए ।गत भदौ १ सप्तरीको भारदहमा प्रहरीको गोलीबाट राजिव भनिने रामकृष्ण राउतको मृत्यू तथा करिब एक दर्जन घाइते भएपछि अवस्था असहज भएको भन्दै राजमार्गलाई सप्तरी प्रशासनले दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो । मधेश आन्दोलनको क्रममा त्यसक्षेत्र घोषणा गरिएको थियो ।

