चीनमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १२ हजार घर ध्वस्त
Advertise Here Book Now

ऑनलाइन  सिरहा डटकम १४ कात्तिक । चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा शुक्रबार साँझ आएको भूकम्पले कम्तीमा पनि १२ हजार घरमा क्षति पुर्‍याएको समाचार छ ।
प्राप्त समाचारअनुसार सो भूकम्प चीनको युनान प्रान्तमा शुक्रबार साँझ ७.२६ मा आएको थियो । त्यसमा परी मानवीय क्षति भने भएको छैन । तर पनि अधिकारीहरुले शनिबार बिहानसम्मको क्षतिको विवरणअनुसार करिब १२ हजार घरमा क्षति पुगेको छ ।
युनान प्रान्तको बोसन नगरमा बढी क्षति पुर्‍याएको सो भूकम्प ५.१ म्याग्निच्युटको थियो । त्यसमा परी १६८ घर पूर्ण रुपमा भत्किएका छन् । यसबाट ८५६ जना पूरै घरबारबिहीन भएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्