पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कंडेलको ज्यान बालबाल जोगियो, भारतीय सुटरको आक्रमण
Advertise Here Book Now

१५  कार्तिक । पूर्वगृह राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कंडेलको ज्यान बालबाल जोगिएको छ । भारतीय २ सुटरले उनीमाथी गोली हान्ने प्रयास गरेका थिए । तर उनका सुरक्षा गार्डले पहिले नै गोली हानेपछि अपराधी समुहको योजना असफल भएको प्रहरीले जनाएको छ ।
कंडेल नवलपरासीको दुवौलियामा कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका बेला भारतीय सुटर समुहले आक्रमणको प्रयास गरेका थिए । कंडेललाई गोली हान्न पेस्तोल निकालेका बेला उनका सुरक्षा गार्डले पहिले नै गोली चलाएका थिए ।
सुरक्षा गार्डका कारण कंडेलको ज्यान जोगिएको छ । भारतीय सुटर उज्जवल गौतला, जोगन्द्र पासवानलाई प्रहरीले नियन्त्रमा लिएको छ । प्रहरीले उनीहरु चडेर आएको मोटरसाइकलसहित २ थान पेस्तोल पनि बरामत गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्