झूठा आरोप लगाईं एक निर्दोषलाई नफसाऔं भनी जारी गरे प्रेश बिग्यप्ती
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता  ३० असोज । लहान २१ हाल लहान ३ बस्ने हेमन्त यादव माधोपुरमा भएको असोज २९ गतेको घटनामा आफु संलग्न नरहेको दावी गरेका छन् । घटना भएका दिन हेमन्त यादव आफु विशेष कामले धनुषाको जनकपुरधाम गएका थिए । 
असोज ३० गते मात्रै जनकपुरबाट आएको लहान ३ स्थित सुखायु आयुर्वेदिक अस्पतालको माथिलो तल्लाको घरमा रहेको उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । हेमन्त यादवले भने ‘यो कस्तो अन्याय तीनदिन देखि म गाउं गएका छैन् ।’ ‘यसको प्रमाणित लहान ३ स्थित रहेको मेरो घरको सिसी टिभी क्यामेरा साक्षी छ ।’ ‘म माथी व्यक्तिगत रिसीवि साधी कपोल्कपित मुद्दा प्रहरीमा दिएको छ ।’ यसप्रति छानविन गरी प्रहरीले मुद्दा दर्ता गर्न आग्रह गरेको छ आफुलाई निर्दोष मानिने हेमन्त यादवले विज्ञप्तीमा उल्लेख गरेको छ । 
निर्दोषलाई फसाउंने काम कुनै पनि प्रहरी प्रशासनको हुनुहुंदैन् र पीडितपक्षले पनि निर्दोषमाथी मुद्दा दर्ता गराउंनु भनेको न्याय विपरित काम हो । यसले समाजमा विकृतिको बढावा दिने काम हुनेछ । हेमन्त यादवले जारी गरेको विज्ञप्तीको सार तल रहेको छ ।
                                                     
                                                             प्रेश विज्ञप्ती
आदरनीय पत्रकार, मानवअधिकारकर्मी, समाजसेवी, बुद्धीजीवी, राजनीतीकर्मी, व्यापारी वर्ग तथा न्यायप्रेमी जनसमुदाय ज्यूहरु:-
आज मिति २०७२।०६।३० गते शनिवार का दिन म जिल्ला सिराहा न.पा. लहान वडा नं. २१ बस्ने बर्ष ३५ को म हेमन्त कुमार यादब साह्रै नै अन्यायमा पर्न गइ यो प्रेश बक्तव्य जारी गरेको कुरा जानकारी गराउन चाहन्छु । म हिजो २०७२।०६।२९ गतेका दिन जिल्ला धनुषाको जनकपुरधाम म आफनै व्यक्तीगत कामले गएको थिए र आज २०७२।०६।३० गते शनिवार म आफनै घर लहान ३ मा दिन भरी आफनो दैनिक दिनचरीयामा व्यस्त रहेको कुरा यहाँहरुलाइ जानकारीको लागी अनुरोध छ । उक्त कुराको प्रमाण मेरो घर लहान ३ मा जडीत अअ अबmभचब मा पनि चभअयचम रहेको छ, तर मिती २०७२।०६।३० गते दिनको लगभग १० बजे तीर हाल लहान २१ माधोपूरमा भएको घटनामा मेरो कुनै किसीमको संलग्नता नरहेको भएता पनि म माथी व्यक्तीगत रीसीवी साधी के कुन कारणले फसाउनको लागि म माथी झुठा कपोकल्ःपीत मुद्दा टेबल गरी दर्ता प्रकृया अगाडी बढाएकोले उक्त कपोकल्ःपीत झुठा मुद्दा प्रकृया अबीलम्ब रोकी आवशयक छानवीनै नगरी सत्य तथ्य नै नबुझी म उपर अगाडी बढाइएको प्रकृया यथावत रोकी प्रतीशोधको लागि गर्न लागेको मुद्दा दर्ता नगरी दिनु् हुन म यस इलाका प्रहरी कार्यालय “क” लाहान तथा यस कार्यालयका प्रमुख डी.एस.पी.उमा प्रशाद चतुर्वेदी ज्यूलाइ जोरदार हार्दीक अपील गर्न चाहन्छु । साथै मानवअधीकार कर्मी तथा पत्रकार मित्रहरुलाइ सत्य तथ्य मेरो वारेमा बुझी मेरो हार्दीकतालाइ मनन गरी यो सामाचार जन समक्ष ल्याइ मेरो मानमर्दन तथा मान हानी हुनवाट जोगाइ समप्रेसन गर्न समेत हार्दीक अपील यही प्रेश विज्ञप्ती मार्फत गर्न चाहन्छु ।
                                                                                  अपीलकर्ता
                                                                             हेमन्त कुमार यादब

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्