लहानमा अधिकारकर्मीको अनुगमन, आन्दोलनमा प्रहरी दमन बढ्दो
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान,
३० असोज । मधेश आन्दोलनको ६४ औं दिनमा छिमेकी जिल्लाबाट आएका मानव
अधिकारकर्मीहरुको एक टोलीले सिरहा सप्तरीमा भएको आन्दोलनको क्रममा भएको
घटनावारे अनुगमन गरेको छ । नजबुल खान अध्यक्ष रहेका मासवेश उदयपुरका एक
टोलीले मधेश आन्दोलनले उठाएको माग सम्बन्धी र यस जिल्लामा भइरहेको घटनावारे
लहानमा विशेष जानकारी लिनु भएका छन् ।
अनुगमनको
क्रममा पूर्व मन्त्री राजलाल यादवले ‘मधेश आन्दोलनको क्रममा यहांका
प्रहरीले अनाहकमा आन्दोलनकारीहरुको घरमा गएर पक्राउ गर्ने काम गरिरहेको छ
।’ ‘आन्दोलनलाई तुहाउंने काम गरिरहेको छ ।’ ‘थारुहरुका नेताहरु मात्र
आन्दोलनमा आउंने तर समूहगत आन्दोलित नरहेको’ आरोप लगाउंनुभयो ।सद्भावनाका
केन्द्रीय सल्लाहकार महमुद आलमले ‘भाषण गरेको ३ घण्टामा मलाई प्रहरीले
टाउंकोमा बन्दुकको कुन्दाले हिर्कायो ।’ ‘यो कस्तो न्याय , शान्तिपूर्ण
आन्दोलनको क्रममा प्रहरी दमन बढ्दो रहेको छ । तर पनि हामी आन्दोलन
तिब्ररुपमा अगाडि बढाईरहेको छु ।’ अधिकारकर्मीको अनुगमनको क्रममा आलमले
बताउंनुभयो ।
कांग्रेसका
लहान नगर समितिका सभापति महेश चौधरीले ‘मधेश आन्दोलनको माग जायज हो, ‘
भूमी नै रहदैन् भनी राजनीतिक कहां हुने ।’ ‘यहां पहाडीले फिलिगं गरेको हो,
हामीले पहाडीहरुलाई मधेशमा निर्वाचनमा जिताउंने गरेको छु । तर पहाडमा एक
जना मधेशी निर्वाचित नहुने गरेको अवस्था छ । सभापति चौधरीले बताउंनुभयो ।
सद्भावना
पार्टीका लहान नगर अध्यक्ष तथा मधेशी आन्दोलन युवा परिचालन समिति लहानका
अध्यक्ष बालेश्वर यादवले ‘सरकारको दमन नीतिले मधेशीहरु झन आन्दोलन तिब्र
पार्दै लगेको छ । जबसम्म हाम्रो माग पूरा हुंदैन् तबसम्म आन्दोलन जारी
रहन्छ । दशैंलगतै सशक्त आन्दोलन गर्दै जसरीपनि सरकारको घुंडा टेकाउंने
अध्यक्ष यादवले बताउंनुभयो ।
अनुगमनकै
क्रममा कलाकर्मी ललिता दासले ‘यो आन्दोलन आरकी पारको हो’ ‘झांसीको रानीले
के गरे, मधेशको रानी भएर युद्धको तयारीमा रहेको छु ।’ ‘किनकी, यहां प्रहरी
प्रशासनले महिलामाथी शोषण दमन मात्रै गरेका छैन् ।’ ‘महिलाको अस्मीतामाथी
समेत प्रहार गरेको छ ।’ यसको लागि यो मधेशकी रानीहरु अब सडकमा आइसकेका छन्
।’ ‘मुक्ति विना नफर्किने अठोट गर्छु ।’
अनुगमनका
क्रममा मधेश मिडिया मिशन नेपालका अध्यक्ष तथा नवसंग्रामडटकमका सम्पादक
दिनेश्वर गुप्ता, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष प्रमोद साह,
सद्भावना युवा मन्चका बीरेन्द्र यादव विरु, फोरम युवाका सिरहा जिल्ला
अध्यक्ष विजय महतो, गणतान्त्रिक फोरम उदयपुरका अध्यक्ष राहुल यादव, सुमन
सिंह परियार, सानु चौधरीलगायतका विशेष सहभागी थिए ।

