उपेन्द्र यादवले भने मधेस आन्दोलन अलग राष्ट्रको पक्षमा छैन
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम मंसिर ४ /सङ्घीय लोकतान्त्रिक मोर्चाका नेता एवम् मधेसी जनअधिकार फोरम
गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलन अलग राष्ट्रका लागि
नभएको बताएका छन्।
महोत्तरीको जलेश्वरमा पत्रकारसँगको कुराकानीमा नेता यादवले मोर्चा विखण्डनवादी नभएको तथा सच्चा राष्ट्रवादीको परिचय दिँदै देशको सार्वभौमसत्ता र अखण्डताभित्र रहेर स्वायत्त मधेस प्रदेशका लागि लडिरहेको प्रस्ट्याए।
उनले सरकार मधेसको आन्दोलनप्रति गम्भीर नरहेको बताउँदै मधेसी जनतालाई थकाउने गलाउने र आन्दोलन मत्थर पार्न खोजेको आरोप लगाए।
सोही क्रममा मोर्चाका अर्का घटक राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारीले सरकारले नेपाली काँग्रेसको सहमति र सहकार्य्बिना गर्न खोजेको वार्ताको कुनै अर्थ नहुने बताए।
उनले मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि दुई तिहाईको आवश्यकता पर्ने भएकाले सार्थक वार्ताका लागि सरकारले काँग्रेसलाई साथमा लिनुपर्ने जिकिर गरे।