माधव नेपालको घर मोर्चाका कार्यकर्ताद्वारा तोडफोड
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम मंसिर ४/ पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको गौर नगरपालिका वडा नं ३ स्थित घरमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन्।
गौर ९ बाट जुलुस नाराबाजी गर्दै निस्किएका मोर्चाका कार्यकर्ताहरुले घरमा तोडफोड गरेका हुन्। नेता नेपालको घरको प्रवेश द्वार र घरका झ्याल ढोकाका शिशा मार्चाका कार्यकर्ताले फुटाएका छन्।
आन्दोलनकारीले ढुंगा र इंटाले नेता नेपालको घरमा प्रहार गरेका थिए।


