उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई दिए धम्की
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम २४ कात्तिक / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जे पायो त्यही नबोल्न सुझाव दिएका दिएका छन् । मंगलबार एक अनलाइनलाई अन्र्तवार्ता दिँदै नेता यादवले भने ‘न यो सरकारको बोलीको ठेगान छ न चरित्रको ।’ पहिले एउटा पार्टीको अध्यक्ष हुँदा जस्तो अव सार्वजनिक स्थानमा पुगेपछि पनि उस्तै ब्यबहार र चरित्रले पनि कहीँ चल्छ ? उनले प्रश्न गरे । यादवले भने प्रधानमन्त्री भइसकेपछि पनि विद्यार्थी नेता जस्तो बनेर हुँदैन । हास्य व्यग्यले देश चल्दैन । बोली सुर्धानुहोस् नत्र बर्बाद हुनुहुनेछ । सो अवसरमा उनले टिकापुर घटनामा दोषी भनेर पक्राउ गरिएकाहरुलाई नछाडेसम्म वार्ता नहुने पनि बताए । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्