साइकलमा सररर विज्ञान मन्त्री
Advertise Here Book Now

काठमाडौँः अहिले भारतीय नकाबन्दीका कारण देश निकै सकसमा छ । मन्त्री निवासमा इन्धन अभाव नभए पनि जनताको चुलो भने अहिले चिसो बनेको छ ।
त्यति मात्र होइन । अहिले अधिकांश नेपालीका सवारी थन्किएका छन् । त्यसो त नेताहरुका ‘साइकल चड्छौँ भारतसँग झुक्दैनौँ’ भन्ने राष्ट्रवादी आवाज पनि अहिले निकै लोकप्रिय बनेका छन् ।
तर, व्यवहारमा भने खासै लागु हुन सकेको छैन । केही समय अघि मात्र मन्त्री पद खुस्किएका लालबाबु पण्डित मात्र यस्ता राष्ट्र सेवक देखिए ।
जसले मन्त्री पदमा छदाँ पनि आफुलाई धेरै विवादमा ल्याएनन् । अहिले पनि उनी साइकल चड्छन् । त्यस्तै अर्का बहालवाल मन्त्री पनि त्यस्तै राष्ट्रवादी देखिएका छन् । मन्त्री हुनु अघि निकै विवादमा आएका विज्ञान तथा प्रविधि मन्त्री विश्वेन्द्र पासवान अहिले राष्ट्रवादी देखिएका छन् ।
मन्त्री पदमै रहेका बेला उनी दौरा,सुरुवाल र ढाकाटोपीमा चिटिक्क सजिएर साईकलमा सवार तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मंगलबार सिंहदरबारमा विज्ञान, प्रविधि तथा वातारण मन्त्रालयले ‘पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधन हटाऔँ, साइकल चढौँ’ भन्ने अभियान लागू गर्ने उद्देश्यले आयोजना गरेको समारोहमा मन्त्री साईकलमा देखिएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका पासवान मंगलबार सिंहदरबारबाट साइकल चढेर आफ्नो निवास गौशाला पिङ्लास्थान गएका छन् । उनीसँगै उनका सुरक्षाकर्मीसमेत साइकल नै चढेर उनको सुरक्षामा खटिए ।
त्यसो त विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल पनि साइकल नै चढेर आफ्नो निवास गए ।
भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दीका कारण इन्धनको सङ्कट भएपछि त्यसलाई हटाउनका लागि साइकल चढ्ने अभियानको उक्त मन्त्रालयले सुरुवात गरेको हो ।
मन्त्रालयले साइकल चढ्ने संस्कार विस्तार गर्न र त्यसलाई अभियानका रुपमा अगाडि बढाउनका लागि आजबाट उक्त अभियान सुरु गरिएको हो । साङ्केतिक रुपमा भए पनि सुरु गरिएको पहिलो चरणको सो अभियानमा मन्त्रालयले १० वटा साइकल प्रयोग गर्नेछ ।
यो उनको साच्चै राष्ट्रवादी प्रयास हो या देखाउँने शैली मात्रै त्यो भने हेर्नै पर्ने भएको छ । यदि उनको यो राष्ट्रवादी सोँच नै हो भने अरु मन्त्रीहरुले पनि सिके कसो होला ?

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्