स्वायत्त थरुहट र मधेशको लागि कष्टपूर्ण आन्दोलन गर्ने लेखी
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान २९ कात्तिक / लहानदेखि ५ किलो मिटर पूर्व कदमाहा चौकमा थारु अगुवा भेला सम्पन्न भएको छ । सो भेलाले संविधानको ७ प्रदेशको खाका जलाउंदै राजमार्ग केन्द्रीत आन्दोलन गर्न आव्हान गरेका छन् । आज भएको सो कार्यक्रमका प्रमुख अतिथी थारु नेता राजकुमार लेखीले थारु मधेशीहरुले स्वायत्त थरुहट र मधेश प्रदेश माग गरेको हो अलगै मधेश थरुहट देश माग नगरेको स्पष्ट पार्नुभयो ।
तीन महिनादेखि जारी आन्दोलनलाई खस उच्च अहंकार पहाडे शासकले हामीमाथी दमनको नीति लिएको छ । र, अझ पनि हाम्रो माग पुरा भएन् भने थारु मधेशीले अलगै देश बनाउंन कसैले रोक्न नसक्ने उहां लेखीले बताउंनुभयो । उहां लेखीले पहाडका जनता तीन दिन आन्दोलन गर्दा तिनीहरुको माग सम्बोधन गर्ने यो नश्लवादी सोचका सरकार रहेको प्रष्ट हुन्छ । गोरो अनुहार हेरेर उनीहरुको माग सम्बोधन गर्ने र कालो अनुहार भएका विभेद गर्नु नै नश्लवादी अहंकारवादी सोच बोकेका सरकार रहेको लेखीले बताउंनुभयो ।
लेखीले अबको आन्दोलन कष्टपूर्ण गर्नुपर्छ । सरकारलाई खुटटा टेकाउंने आन्दोलनको लागि राजमार्गमा स्कर्टीग रोक्न गाउंगाउंबाट मधेशी थारु सडकमा ओर्लिनु पर्ने आजको आवश्यकता रहेको उहांले बताउंनुभयो । कार्यक्रममा आदीवासी जनजाती अधिकारकर्मी तथा थारु विश्लेषक ज्योती दनुवार, थाकस उपाध्यक्ष हरिदेवी चौधरी, कोषाध्यक्ष जयराम चौधरीलगायतले मन्तव्य राख्नुभएका थिए । उता, थरुहट थारुवान संयूक्त संघर्ष समितिले अनिश्चितकालिन आम हडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले हालै पत्रकार सम्मेलन गरेर आगामी मंसिर ५ गतेबाट पूर्व मेचिदेखि महाकालीसम्म राजमार्ग ठप्प पार्ने बताएको छ । आन्दोलनकारी मोर्चामा सत्तारुढ एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकका सांसद तथा थारु नेताहरु समेत छन् ।
घोषित अन्य आन्दोलनका कार्यक्रमहरुमा मंसिर ७ र ११ गते थारु पहिचान र अधिकार विरोधी संविधानका धाराहरु चलाउने, संसदमा संघर्षलाई जारी राख्ने, केन्द्रीय टोलीसहित मोची काली जागरण र विरोध सभा चलाउने र मुद्दा मिल्ने पक्षसँग कार्यगत एकता गर्ने लगायत छन् ।


