सिराहामा मधेशी मोर्चाका नेतामाथी खुकुरी प्रहारको प्रयास
Advertise Here Book Now
सदभावना पार्टीका सिराहा जिल्ला अध्यक्ष प्रमोद साहमाथि आज खुकुरी प्रहारको प्रयास भएको छ । सर्लाहीको लक्ष्मिपुरमा मोर्चाका कार्यकर्तामाथी छलफल गर्ने क्रममा मोटरसाइकलमा आएका केही युवाले साहमाथी खुकुरी प्रहारको प्रयास गरेका हुन् । मोर्चाले त्यहाँ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कार्यक्रम बिथोल्ने कार्यक्रम थियो । मोटरसाइकलबाट झरेर गालीगलौजमा उत्रिएका युवाहरुले खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यता मधेशी मोर्चाका कार्यकर्ताले नेपालको कार्यक्रम बिथोल्ने तयारी गरेपछि कार्यक्रम स्थगीत भएको बुझिएको छ ।

