एमालेलाई मधेसबाट लखेट्न मोर्चाकाे कार्यक्रतालाई निर्देशन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक २८/मधेस अान्दाेलनमा दमन गरेकाे भन्दै सरकारकाे नेतृत्व गरेकाे नेकपा एमालेलाई मधेसबाट लखेट्न संयुक्त मधेसी माेर्चाले कार्यकर्तालाई निर्देशन दिएकाे छ ।

मोर्चाले कार्यकर्तालाई एमालेका नेता र सांसदहरुकाे सार्वजनिक रुपमै भण्डाफाेर अभियान समेत चलाएकाे छ । ‘एमाले मधेस अान्दाेलनलाई वार्ता संवाद भन्दा पनि दमनमा उत्रेकाले हामीले एमालेलाई मधेसबाट लखेट्न कार्यकर्तालाई निर्देशन दिएका हाैँ’ माेर्चामा अावद्ध एक नेताले अनलाइन डबलीसँग भने । अाफ्नाे अान्दाेलन विरुद्ध एमालेले जिल्ला नेता र सांसद परिचान गरेकाले माेर्चाले साे निर्णय गर्न बाध्य भएकाे उनले बताए ।
मधेसी माेर्चाले एमालेका नेता वा सांसद गाउँ प्रवेस गरेकाे खबर गर्न मधेसी जनतासँग अाग्रह समेत गरेकाे छ ।
अाज (शनिबार) एमाले पर्साले जिल्ला गर्न लागेकाे चियापान कार्यक्रमलाई समेत बिथल्ने माेर्चाकाे तयारी गरेकाे छ । माेर्चाले विज्ञप्ति नै निकालेर चियापान कार्यक्रम हुन नदिने घाेषणा गरेकाे छ ।
मधेसी जनताकाे मतबाट संविधानसभामा पुगेर मधेसकाे संवैधानिक अधिकार खाेसिने संविधानमा हस्ताक्षर गरेकाे र मधेस अान्दाेलनविरुद्ध गतिविधि गरेकाे भन्दै एमाले सांसदहरुलाई गाउँ प्रवेश गर्न नदिन माेर्चाले कार्यकर्तालाई निर्देशन दिएकाे छ । यदि गाउँ प्रवेश गरिहाले भाैतिक कारवाही गर्न समेत माेर्चाले गाेप्य रुपमा कार्यकर्तालाई निर्देशन दिएकाे छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्