उपचारमा लापरवाही गरेको भन्दै अस्पतालमै तालाबन्दी
Advertise Here Book Now



गौशाला, २८ कात्तिक-
उपचारमा लापर्बाही गरेको भन्दै जलेश्वरका स्थानीयवासीले जिल्ला अस्पताल जलेश्वर, महोत्तरीमा तालाबन्दी गरेका छन् ।

शुक्रबार साँझ गरिएको सो तालाबन्दीका कारण अस्पतालका अन्तरंग र बहिरंग सेवा लिने बिरामीहरु समस्यामा परेका छन् ।

आफ्नो पाँच दिनको भतिजोको जिउबाट परीक्षणका लागि रगत निकाल्न नसकेको र उपचारमा लापर्बाही गरेको भन्दै जलेश्वर–६ बस्ने मनोजकुमार नायकले अस्पतालको प्रयोगशालामा तालाबन्दी गरेका हुन् ।
Advertisement


विगत पाँच दिनदेखि नवजात शिशुको उपचारका लागि सो अस्पतालमा रहेका भटौलिया– २ बस्ने रेणु महासेठका जेठाजु जलेश्वर नगरपालिका– ६ बस्ने नायकलाई अस्पतालका डाक्टर मो। अकवर अलीले नवजात शिशुलाई जन्डिस भएको र जाँच गराउन प्रयोगशालामा पठाएपनि प्रयोगशालाका इन्चार्ज राजकिशोर साहले आफूले रगत निकाल्न नसक्ने भन्दै पन्छिएका थिए ।

प्रयोगशाला जाँचका लागि रु १०० को रसिद काटेर जाँदा पनि इन्चार्ज साहले आफूले रगत ननिकालेको र अस्पताल बाहिर गएर जँचाउन भनेको पीडित नायकले बताए । रासस

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्