यो कस्तो देसको सरकार जहाको सरकार प्रजासंग कुनै मतलब नै राखदैन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर ५/ चाडपर्वमा आन्दोलन केही मत्थर पारेका मधेसवादी मोर्चाका कार्यकर्ताले यतिबेला फेरि प्रदर्शन चर्काएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुपमा केही परिमार्जन गरे पनि कार्यकर्ताले वीरगञ्जमा प्रदर्शनलाई झन् उग्र पारेका छन् ।
मधेसवादी मोर्चाका कार्यकर्ताले शनिबार बिहानैदेखि वीरगञ्जमा विभिन्न स्थानमा प्रदर्शन गर्दै मोटरसाइकल तोडफोड गरेका छन् । मोर्चाका स्थानीय नेताहरुले मोटरसाइकल, एम्बुलेन्स, मानवीय स्वास्थ्यसँग सम्बन्धित औषधि बोकेकालगायत अत्यावश्यकीय गाडी सञ्चालनमा अवरोध नगर्ने बताए पनि कार्यकर्ताले अवरोध गरेका छन् । कार्यकर्ताले शनिबार बिहानै वीरगञ्जको घण्टाघरमा २ ओटा मोटरसाइकल तोडफोड गरेका छन् । ना २ प ९०१२ र एउटा अनटेस्ट मोटरसाइकल तोडफोड गरेका हुन् । वीरगञ्जको माइस्थान, मुर्ली, नगवा, बाइपास, गण्डकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
--------------
सैबीच बाराको परवानीपुरमा शनिबार बिहान प्रहरी र मोर्चाका कार्यकर्ताबीच झपड भएको छ । कार्यकर्ताले हानेको ढुङ्गा लागेर प्रहरीको गाडीको सिसा फुटेको छ । लिपनीमाल गाविस भवननजिकै फेला परेको बेवारिसे शवको मुलुल्का गर्न आएको प्रहरीले कार्यकर्ताले बालेको टायर निभाउन खोजेपछि झडप भएको थियो । प्रहरीको लाठी प्रहारबाट एकजना आन्दोलनकारी घाइते भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाराको प्रचार प्रमुख रमेश सर्राफले जानकारी दिएका छन् ।
--------------------------------
मंसिर ५, २०७२( जनकपुरमा टिफिन क्यारियरमा राखेको बम बिस्फोट हुँदा एकजना गम्भिर घाइते भएका छन् ।
जनकपुरको पिपरिया–४, माइस्थानस्थित लट्टु भनिने नरेश यादवको घरमा डेरा गरी बस्ने सिरहा, गौरीपुर–९का १८ वर्षिय श्रवणकुमार यादवको कोठा बाहिर रहेको टिफिन क्यारियरमा रहेको बम बिस्फोट हुँदा श्रवणकुमार सख्त घाइते भएका छन् ।उनको कोठा बाहिर कसले बम राख्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रवणकुमारका साथीले कुनै अज्ञात व्यक्तिले छोडेर गएको टिफिन उचाल्दा बम बिस्फोट भएको बताएका छन् । स्थानिय कलेजमा हेल्थ असिस्टेन्ट पढ्दै गरेका यादवको कोठा अगाडी कसरी बम आयो भन्ने बारे अनुसन्धान भइरहेको छ । गम्भिर घाइते यादवको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार त्यहाँ उपचार हुन नसक्ने भनि अस्पतालले अन्त रिफर गरी लैजान भनेकाे छ । तर थप उपचारका लागि कहाँ लैजाने भन्ने टुंगो लागेको छैन ।
-----------------------
मधेसी मोर्चाका कार्यकर्ताले बिहानै विराटनगरमा दुई वटा यात्रुबाहक बसमा तोडफोड गरेका छन् ।बिहान पौने ६ बजेतिर विराटनगर उपमहानगरपालिका वडा नम्वर ७ को घाँसचोकमा काँकडभिट्टाका लागि छुटेका दुई वटा बसमा तोडफोड गरेका हुन् ।तोडफोडबाट ना ३ ख ४९१९ र को १ ख १७६५ नम्बरको बसमा क्षति पुगेको छ । तोडफोडबाट बसका सिसा फुटेको मोरङ प्रहरीले जनाएको छ ।मधेसी मोर्चाका कार्यकर्ताहरु सडकमा नदेखिए पनि लुकीलुकी तोडफोड गरिरहेको प्रहरीले जनाएको छ ।मोरङ प्रहरीले विराटनगरका बिभिन्न स्थानमा आज पनि सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरेको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्