बढ्दो प्रहरी दमन, खाना खाईरहेको बेला लाठी प्रहार
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, ५ मंसिर । वार्ता निष्कर्ष विहीन भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सिरहा र सप्तरीले कडा आन्दोलनमा उत्रिने तयरी गरेका छन् । मधेश आन्दोलनको अनुगमन मानव अधिकार टोली उदयपुर र सिरहाले आज लहानमा आन्दोलनकारीहरुलाई भेट्दै यस्तो बताएका छन् । सोहीक्रममा मानव अधिकारको टोली सप्तरी पुगे । सो टोली सगरमाथा अंचल अस्पताल, जनस्वास्थ्य कार्यालय सप्तरी र त्यहांका आन्दोलनकारीहरुसंग छुटाछुटै छलफल गरेको छ । अनुगमनमा मुख्यत औषधी ढुवानी र शैक्षिक विषयमा गहिरिएर छलफल भएको मानव अधिकारकर्मी युवराज पराजुलीले बताए ।
औषधीको स्टक सिद्धिएको छ , मुस्किलले सात दिनसम्म चल्ने अवस्था छ । यातायातको समस्याले ढुवानी गर्न सहज नभएको जनस्वास्थ्य कार्यालय सप्तरीकी अम्बिका ओली बताईन् । उता, आन्दोलनकारीहरुले औषधी, प्रेस, एम्बुलेन्सलगायत इमरजेन्सीका कुराहरु ढुवानी गर्न छुट रहेको छ । यसमा सरकारको वहानावाजी मात्रै हो । सरकारले औषधीको टेन्डर नै नगरेपछि कहांबाट औषधी उपलब्ध हुने हो । स्कर्टीगको लागि आन्दोलनकारीको टाउंकोमा गोली हाने गरेको छ । तर औषधीको वहानावाजी गरेर आन्दोलनकारीमाथी दोष थुपार्ने काम भइरहेको सप्तरीका आन्दोलनकारीहरुले बताए । कार्यक्रमकै शिलशिलामा राजविराज जेसीजमा आन्दोलनकारीहरुले सप्तरीमा प्रहरी दमन बढ्दो छ । आन्दोलनकारी खाना खाइरहेको बेला प्रहरीले लाठी चार्ज गरेको छ । त्यती मात्रै नभई टाउंकोमा हेरी हेरी गोली हानेको र लाठी चार्ज गरिरहेकोले मंसिर ५ गतेदेखि वार की पार हुने आन्दोलन शुरु गर्दै अघि बढ्ने उनीहरुले बताएका थिए ।
आन्दोलनकारीहरुले मधेशी दलहरुसित भएको २२ बुंदे र ८ बुंदे सहमति भए अनुसार संविधान नबनेको भन्दै १ सय दिन देखि आन्दोलनरत रहेको छ । यसअघि तिहार र छठ् पर्वको लागि भन्दै केही दिनलाई मोर्चाले बन्द खुकुलो पारेको थियो । उनीहरुले अबको आन्दोलन भन्सार, राजमार्ग र पेट्रोलियम पदार्थको तस्करी रोक्न केन्द्रित हुने दावी गरेका थिए । मानव अधिकारको टोलीमा मासवेश उदयपुरकी अध्यक्ष नजबुल खान, मानव अधिकारवादी युवराज पराजुली, समग्र जनउत्थानका किरण ढुंगाना, नोट अफ डिसेन्ट अभियानकी सरिता राई ,लहान सिरहाबाट मधेश मिडिया मिशनका अध्यक्ष दिनेश्वर गुप्ता, मिशनका विरेन्द्र यादव र गोपाल गुप्ताका सहभागिता रहेको थियो । सो मानव अधिकारकर्मीको टोली अस्पतालमा डा.टेकनारायण मण्डल, डा.सरोज यादव, स्वास्थ्यकर्मी लालकिशोर सिंहलगायत दर्जनौ स्वास्थ्यकर्मीसंग छलफल भएको थियो भने आन्दोलनको क्रममा २३ जना घाईतेलाई उपचार भएको थियो । दूई पोष्टमार्टम गरेको जानकारी गराएका थिए । यसैगरी, मधेशी मोर्चाको छलफलमा तमलोपाका जयप्रकाश ठाकुर, सदभावना पार्टीका सुनिल दास, गजेन्द्र यादव, चौधरी, नेकपा माओवादीका देवनाथ यादव, फोरम नेपालका युसुफ अलि, लोकतान्त्रिक फोरम परित्याग गरेका सत्यनारायण यादव, नेपाल सद्भावना पार्टीका सुरेश सिंह, युवा मंचका केन्द्रीय सदस्य किशोर यादव, सदभावना गजेन्द्रवादीका सरिता पंडित, कपिल यादव, शरदसिंह भन्डारी नेतृत्व फोरमका सतिश सिंह, गजेन्द्र मण्डल, वैद्य माओवादीका रामगमन साह, सद्भावनाका अमर मण्डललगायत संग छलफल भएको थियो ।

