छठको दोस्रो दिन आज खरना
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कार्तिक ३० / छठ पर्वको दोस्रो दिन अन्तर्गत आज खरना मनाइँदैछ। यस दिन गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार ब्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्ने चलन छ। छठको मूख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न हुने परम्परा छ। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ। छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौं पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ। काठमाडौंमा रानीपोखरी, कमलपोखरी, बाग्मती किनारलगायतका स्थानमा छठ मनाइन्छ।
छठ पर्वका लागि विभिन्न प्रसाद सामग्री खरिद गर्न तराईका बजारमा भीड लागेको छ। लामो समयदेखिको तराई बन्दका कारण तराईका जिल्लाहरुमा हर्षोउल्लासका साथ मनाईने यो पर्व केहि प्रभावित रहेको स्थानीयहरु बताउँछन्।


