मधेश स्वतन्त्र भएमात्र मधेशी जनताको मुक्ति हुन्छः डा. राउत
Advertise Here Book Now

राजविराज, २९ कार्तिक ।

स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सीके राउतले संविधानमा मधेश प्रदेश लेखिदिए पनि स्वतन्त्र मधेश भए मात्र मधेशी जनताले मुक्ति पाउने बताएका छन् ।
मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीद्वारा राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयको मैदानमा सञ्चालित मधेश प्रिमियर लिगको आइतवार आयोजित समापन समापन समारोहमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशमा जारी आन्दोलनले तीन महिना नाघिसक्दा पनि आन्दोलन सफल नहुनुमा लक्ष्य नै गलत भएको तर्क अघि सार्दै उनले भने ‘नेपालको संविधानमा मधेश प्रदेश लेखिदिए पनि मधेशी जनताको अधिकारको सुनिश्चितता हुन सक्दैन, मधेश आजाद भएमात्र मधेशी जनताले वास्तविक अधिकार पाउनेछन् ।विगत तीन महिनादेखि मधेश आन्दोलित रहेको चर्चा गर्दा आन्दोलनको लक्ष्य नै गलत रहेको दावी गर्दै गलत निशानाकै कारण आन्दोलनले सफलता पाउन नसकेको उनले बताए । २९ दिनकै आन्दोलनमा विश्वमा धेरै देश स्वतन्त्र भएको चर्चा गर्दै उनले भने ‘तीन महिना होइन, एक महिनामात्र स्वतन्त्र मधेशका लागि आन्दोलन गरेको भए यतिबेला मधेश आजाद भइसकेको हुन्थ्यो। मधेश प्रदेश नै लेखिदिए पनि नागरिकता, प्राकृतिक स्रोतसाधन, राजश्व, सेना, प्रहरीमा समेत मधेशीको पहुँचको सुनिश्चितता हुन नसक्ने प्रष्ट्याउँदै उनले भने ‘मधेश प्रदेश भएपछि मधेशमा मधेशी सेना, प्रहरी, मधेशी सिडियो, एसपी, कर्मचारी हुने ग्यारेन्टि छ ? यदी छैन भने पटक–पटक मधेशी जनताको बलिदानी किन ? बरु स्वतन्त्र मधेशका लागि संघर्ष गर्नु जरुरी छ । मधेश आजाद भएमात्र मधेशी जनताको वास्तविक मुक्ति पाउने प्रष्टयाउँदै मधेशमा मधेशी सेना नभएसम्म जतिबेला पनि मधेशी जनताको अधिकार खोस्न सक्ने भएको मधेशमा मधेशी सेना आवश्यक रहेको डा. राउतले बताए मधेशमा ६ प्रतिशतबाट हाल ३६ प्रतिशत पहाडी समुदायको जनसंख्या भइसकेको तथ्यांक प्रस्तुत गर्दै उनले भने ‘मधेशमा यदी मधेशी नै रहदैन भने त्यस्तो मधेशको औचित्य छैन, त्यसैले मधेशमा भइरहेको बढ्दो आप्रवासनलाई अविलम्ब रोक्नु जरुरी छ ।’ मधेशी ६५ वर्षदेखि अधिकारकालागि आन्दोलन गर्दै आएको चर्चा गर्दै हालसम्म मधेशीहरु गोलचक्करमा घुम्दैआएको डा. राउतले टिप्पणी गरे ।खेलाडीहरुको मनोबल बढाउनका लागि करिब सात महिनाको नजरबन्द पश्चात राजविराज स्थित घरबाट बाहिरिएका डा. राउतले मधेशका प्रतिभावान खेलाडीहरुले अब मधेश र मधेशी जनताको पहिचानका लागि खेल्न आग्रह गरे । नेपाली टिमको छनौटमा विभिन्न समयमा प्रतिभावान खेलाडीहरु पछाडि पार्ने गरेको चर्चा गर्दै उनले भने ‘मधेशी खेलाडीहरुले अब अरुकालागि होइन, आफ्नो मधेशको खेल्नुपर्दछ ।विश्व कप क्रिकेट (आइसिसी) म्याचमा स्कटल्याण्ड, आयरल्याण्ड स्वतन्त्र देश नभए पनि म्याचहरु खेल्ने गरेको बताउँदै डा. राउतले भने ‘जिम्बाबेको नाम सबैलाई थाहा छ तर इजिप्टको नाम थाहा छैन त्यसरी नै मधेश टिमले विश्वस्तरमा चिनाउनु जरुरी छ ।’ राष्ट्रिय टिममा समावेश नगरेको भनी दुःख मनाउ गर्नुभन्दा बरु मधेशी खेलाडीहरुले आफ्नै शक्ति पहिचान गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।गुलामीको जञ्जीरलाई तोडनकालागि हरेक मधेशी जनता शेर बनेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने ‘मधेशीले आफैभित्रको शक्तिलाई पहिचान गरेर अगाढि बढे जीत सुनिश्चित छ, हरेक मधेशीले आफूलाई शेर सम्झेर अगाडि बढे चाँडै मधेश आजाद हुने निश्चित छ ।’ मधेशका खेलाडीहरुको सहभागितामा मधेशी खेलाडीहरुले बलियो टिम बनाएर मधेशका लागि खेल्नुपर्ने परिकल्पना डा. राउतले एक वर्ष अघि गरेका थिए । उनको परिकल्पना एवम् बिचारबाट प्रेरित भएर मधेशी इञ्जिनियर्स स्टुडेन्ट युनियनले मधेशमै पहिलो पटक मधेश प्रिमियर लिग टुर्नामेन्टको आयोजना गर्न सफल भएको छ ।
कार्तिक १४ गतेदेखि सञ्चालित खेलमा भारत, मधेशसहित नेपालका २० ओटा टिमको सहभागिता रहेको थियो ।यो समाचार न्यूज टुडे राष्ट्रिय दैनिक पत्रिका मा प्रकाशित छ। 


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्