सिरहामा सभासदलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय ।
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम राम नारायण पंडित, सिरहा, ३० कार्तिक / हालै जारी भएको संविधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई सिरहा प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज (सोमबार) बसेको बैठकले यस्तो निर्णय गरिएको छ । मधेशी, मुस्लिम, जनजाति, पिछडावर्ग, सिमान्तकृत समुदाय लगायत उत्पिडनमा परेको  समुदायहरुको  बिरुद्धमा संबिधान जारी गरिएको भन्दै मोर्चाले विगत तिन महिना भन्दा लामो समयदेखि मधेशमा आमहडताल जारी राखेका छन् । मधेशमा दुई प्रदेश, सम्पुर्ण निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगायतका माँग राख्दंै मोर्चाले लामो समयदेखि माँग सम्बोधन गराउन आन्दोलन जारी राखेपनि वर्तमान सरकार वेबस्था गरिरहेकोले मोर्चा आनदोलनलाई थप कडा बनाउन विभिन्न निर्णयहरु गरिरहेका छन् । सिरहाको गोलबजारमा आज बसेको  मोर्चाको बैठकले संविधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई जिल्ला प्रवेश गरेको  पाइएमा
कालोमोसो दली समाजिक वहिष्कार गरी लखेट्ने मोर्चाले विज्ञप्ती मार्फत चेतावनी दिएको हो । संघिय समाजवादी फोरमको सिरहा जिल्ला उपाध्यक्ष बादल प्रसाद यादब, तमलोपाको जिबरंजन यादब, सदभाबना पार्टीको राम बहादुर महतो आ तमसपाको उपेन्द्र सिंहद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा छठ पछि आन्दोलनलाई थप कडा एवं सशक्त बनाउने निर्णय गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्