बलिउडका चर्चित कलाकार सइद जफरीको निधन
Advertise Here Book Now
सइदकी भान्जी शाहिन अग्रवालले फेसबुक मार्फत उनको निधन भएको बताएकी हुन्। १ सय भन्दा बढी बलिउड चलचित्रमा काम गरेका सइदलाई सन् १९७८ मा ‘शतरन्त’ नामक चलचित्रबाट ‘वेष्ट सपोटिङ एक्टर’को विधामा ‘फिल्मफेयर अवार्ड’ मिलेको थियो।
उनले ‘गान्धी, दिल, अजुबा’ जस्ता चलचित्रमा महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए। उनको विवाह नायिका मेहरु निमासँग भएको थियो। तर, यी दुइको बिहे सन् १९६५ मा टुटेको थियो। १९८० मा उनले जेनिफर जाफरीसँग दोस्रो बिहे गरे। उनको ३ छोरी छन्।


