मोदीको सन्तान भन्दै अन्धाधुन्द गोली फायर, तीन को मृत्यु , ३७ जना घाईते, प्रहरीद्वारा दुई शव बेपत्ता
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर ५/गए राति सप्तरीको भारदह र रुपनीमा भएको झडपमा २ जनाको मृत्यु हुनुको साथै दर्जन बढी प्रदर्शन कारी घाईते भएका छन् । यधपी मोर्चाले भने ३ जनाको मृत्यु भएको दावी गरेको छ । मोर्चाले प्रहरीको गोली लागेर श्रवण साफीको पनि मृत्यु भएको दावी गरेको छ ।
मृतक मध्ये २ जनाको शव प्रहरीले भ्यानमा राखेर लगेको आन्दोलनकारीले दावी गरेका छन् । प्रहरीले भने २ जना प्रदर्शनकारीको मृत्यु भएको मात्र पुष्टी गरेको छ ।
पूर्व घोषित कार्यक्रम अनुसार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरु ठुलो संख्यामा गएराति रुपनी र भारदहमा राजमार्ग अवरुद्घ गर्न पुगेका थिए । ‘हामीहरु शान्ति पूर्ण रुपमा सडक अवरुद्घ गरेर प्रदर्शन गरिरहेका थिए । एक्कासी प्रहरी आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रति लक्षित गर्दै अपशब्द प्रयोग गरी गाली गलौज गरी कुटपिट गर्न थाले ।’ त्यसपछि मोदीका सन्तानहरु हो, मधेश लिन्छस्’ भन्दै अन्धाधुन्द गोली बर्साउन थालेको सदभावना निकट विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार केसीले  बताए ।
SONY DSCप्रहरीको गोली लागी रुपनीमा सप्तरीको जमुनी मधेपुरा ९ बस्ने २२ बर्षिय नागेश्वर यादव र भारदहमा सप्तरीको डाढा १ बस्ने २० बर्षिय  विरेन्द्र रामको मृत्यु भएको छ । मृतक मध्ये यादवको शव राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको छ भने रामको शव विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।
प्रहरीको गोली लागी घाईते भएका मध्ये १० जनाको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र २६ जनाको राजविराज  स्थित गजेन्द नारायण सिंह अस्पतालमा उपचार भई रहेको छ ।
घाईतेहरु मध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । उनीहरुको पेट, छाती, टाउको, हाथ र खुट्टामा गोली लागेका छन् ।
घटना पश्चात स्थानिय प्रशासनले सप्तरीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी, भारदह र सदरमुकाम राजविराजमा अनिश्चित कालका लागी कर्फयु आदेश जारी गरेको छ । गाउँगाउँबाट सदरमुकाम जम्मा भएका सर्व साधारण र मोर्चा कार्यकर्ताहरुले ठाउँ ठाउँमा टायर बालेर कर्फयुको उलंघन गरी प्रदर्शन गरि रहेका छन् ।
1उता रुपनी, भारदहमा समेत हजारको संख्यामा प्रदर्शनकारीहरुले कर्फयुको अबज्ञा गरी प्रदर्शन गरी रहेका छन् । मृत्युको खबर फैलिएपछि सप्तरीको ग्रामिण बजारहरु तोपा, हनुमाननगर, पातो, बोदेबर्साइन, बिष्णपुर, छिन्नमस्ता, कोईलाडी, कंचनरुप नगरपालीका, शम्भुनाथ नगरपालिका लगायतका स्थानमा विहानै देखि प्रदर्शन भई रहेको छ ।
पूर्व पश्चिम राजमार्गमा गए राति देखि यातायातका कुनै पनि सवारी साधन चलेका छ्रैन । प्रदर्शनकारीहरुले राजमार्ग मात्र होईन सदरमुकाम राजविराज आउने सहायक मार्गहरुमा पनि मोटरसाईकल समेत गुडन दिएको छैन । राजविराजको स्थिति थप तनाव ग्रस्त बनेको छ । अस्पतालमा हजारौंको संख्यामा प्रदर्शन कारीहरुले प्रहरी प्रशासन विरुद्घ चर्को नारावाजी गरिरहेको छन् ।
सदरमुकाममा यति बेला प्रहरीको उपस्थिति न्युन देखिएको छ । प्रहरीहरु सरकारी कार्यालयहरुको सुरक्षामा केन्द्रित भएका छन् ।
3 (2)यता प्रदर्शनकारीहरुले सप्तरीको भारदहमा रहेका ईलाका प्रहरी कार्यालयमा ढुंगा मुढा गरीरहेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय घेराउ गरि प्रदर्शन गरिरहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नारायण चिमरियाले प्रदर्शनकारीहरुद्वारा प्रहरीलाई लक्षित गरी ढुगा मुढा गर्न थालेपछि झडप भएको र स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको  बताए । उनले प्रदर्शनकारीको ढुगा मुढाबाट २५ जना प्रहरी घाईते भएको दावी गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्