सिरहामा महुरीको आतंक
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम राम नारायण पंडित, सिरहा, ०५ मंसिर ।सिरहाको डोहटियामा महुरीले आतंक मचाएका छन् । गोलबजार नगरपालिका ४
डोहटरीयामा महुरीको टोकाइबाट करीब ५ दर्जन भन्दा बढी बिरामी परेका छन् ।
आज विहान आकस्मात करीब एक हजारको संख्यामा आएको महुरीको समुहले टोक्दा
स्थानयि सतेन यादब, शिब यादब, जितेन्द्र महतो, बसन्त तामांगको साथै करीब ५
दर्जन भन्दा बढी व्यक्ति बिरामी परेका छन् । महुरीको टोकाईबाट बेहोस
भएकाहरुको गोलबजारमा रहेको भुमिजा, श्रीराम र धमनि हस्पिटलमा उपचार भईरहेको
छ ।

