बार्ता असफल भएको १ घण्टा नबित्दै सवारीमा आगजनी ,हडताल हिंसात्मक हुने संकेत
Advertise Here Book Now
मधेसी मोर्चाका कार्यकर्ताहरु मोतिपुर गाविसस्थित गुरुबनियाँमा डिजेल बोकेको टिपर जलाएका छन् ।
२० ड्रम डिजेलसहितको ना३ख ६६८८ नम्बरको टिपरले पेट्रोलियम तस्करी गरेको आरोपमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका हुन् । उक्त टिपरमा २० ड्रम डिजेल तस्करी गरेको आरोप मोर्चाले लगाएको छ ।
टिपरमा आगजनी भएपछि सिद्धार्थनगर नगरपालकिाको दमकल, सशस्त्र प्रहरी औद्योगिक सुरक्षा बल र गुरुबनियाँका प्रहरी निरीक्षक गोलेबहादुर चौधरीको टोलीले आगो नियन्त्रणमा लिएका छन् ।
आगजनीबाट टिपरको पछाडिको भाग पूर्णरुपमा जलेको छ । डिजेलका ड्रमहरु जलेर नष्ट भएका छन् ।
यसैबीच सदभावना पार्टीका कार्यकर्ताले ना५ख २४४ नम्बरको ट्रकमा रहेको २१ ड्रम डिजेल नियन्त्रणमा लिएका छन् ।
डिजेलसहितको ट्रक नियन्त्रणमा लिइ भन्सार कार्यालय भैरहवालाई बुझाइएको सद्भावनाका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश गुल्जारीले बताए ।
पेट्रोल बोकेर भैरहवाबाट लमजुङतर्फ जाँदै गरेको एउटा मोटरसाइकल बुधबार दिउँसो पूर्व-पश्चिम राजमार्गमै जलेको छ ।
भैरहवाबाट ५५ लिटर पेट्रोल खरिद गरेर लमजुँङ जाँदै गरेको ग८प ५५६६ नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गस्थित नवलपरासीकोबर्दघाट नगरपालिका-४ बर्दघाट बजारमा
जलेको हो ।
प्रत्यक्षदर्शीहरुका अनुसार लेगार्डमा झुन्डाइएको तेल बोकेको भाँडो सडकमा घस्रिएपछि उठेको आगो मोटरसाइकलमा लागेको थियो । आगो पेट्रोलमा सल्किएपछि मोटरसाइकल जलेर ध्वस्त भएको छ ।
मोटरसाइकल चालक भने सुरक्षित रहेका छन् । मोटरसाइकल चालकले भने मालवाहक ट्रकको साइलेन्सरबाट आएको आगोको झिल्कोले पेट्रोलबाट आगलागी भएको दाबी गरेका छन् ।
भारतीय नाकाबन्दीपछि नवलपरासी, रुपन्देही र कपिलबस्तु जिल्लाका भारतीय सीमा जोडिएका गाउँमा पेट्रोलियम पदार्थको कालोबजारी हुने गरेको छ ।
कालोबजारीमा किनिएको पेट्रोलियम असुरक्षितरुपमा ओसारपसार गर्दा आगलागीका घटना हुने गरेका छन् ।