गौरमा धानुक समाजका प्रदर्शनले स्थानीय प्रशासनको छुटे पसिना
Advertise Here Book Now
संजय सहनी / रौतहट, २२ कार्तिक / संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा आयोजित आमहडताल तथा आन्दोलन प्रति आज आईतवार धानुक (मंण्डल) समाजले ऐक्यवद्धता तथा समर्थन जनाउदै जुलुस प्रर्दशन गरेका छन । सदरमुकाम गौरको नयाँ वस पार्क
देखि शुरु गरिएको जुलुस नगर परिक्रमा गरिएको थियो। नगर परिक्रमा गर्ने क्रममा मधेशी एकता जिन्दावाद , मधेशीको माग पुरा गर , जागो मधेशी छिनो मधेश, धानुक समाज जिन्दाबाद आदिबासी जनजाती जिन्दावाद जस्ता अनैको नारा लगाइएको थियो । बाजा गाजा सहित सयकडौ टयाक्टरमा आएका धानुक समाजको नाच गान तथा सरकार विरुद्व झाकि प्रदर्शनले सदरमुकाम गौर गुन्जयमान भएको थियो । समाजका जिल्ला अध्यक्ष रविन्द्र मंण्डलको नेतृत्वमा निस्केको रैली सरकार विरुद्व कडा रुपमा नारावाजी र प्रदर्शन गर्न उत्रेपछि स्थानिय प्रशासनको पसिना छुटेको थियो ।
जारी मधेश आन्दोलनको ८५ दिन वितिसक्दा पनि सरकारले कानमा तेल हाली सुतेको भन्दै कडा रुपमा आपती जनाएका धानुक समुदाय सरकारलाई होसमा आउन चेतावनी दिए ।
हजारौ हजार सख्यामा रहेका धानुकहरुले आफनो पेशा झल्केने धनुस र तिर समेत बोकेका थिए । नाच गान सहितको जुलुस नगर परिक्रमा गरी नाकामा सहभागी समाजका अगुवा जिवन मंण्डलले रौतहट अनलाईनलाई बताए ।
नगर परिक्रमा गरे पछि नेपाल भारतको वीचमा रहेको मितेरी पुलमा नाकावन्दीमा सहभागी भएको थियो ।