भारतको नाकाबन्दीबिरुद्ध राष्ट्रसंघले मुख खोल्यो
Advertise Here Book Now
नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकार पाउने अन्तर्राष्ट्रिय कानुन मिच्दै भारतले लगाएको नाकाबन्दी बिरुद्ध संयुक्त राष्ट्रसंघले मुख खोलेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमाथिको नाकाबन्दी तत्काल हटाउन भारतलाई आग्रह गर्नुभएको छ ।
वानका प्रवक्ताले न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा नेपाललाई मानवीय कारणले पनि असहज अवस्था छ । सबै पक्षलाई सीमामा जारी अवरोध हटाउन महासचिव वानका आग्रह रहेको बताउनुभएको छ ।
महासचिव वानले भारतलाई नेपालले भूपरिबेष्ठित मुलुकका रुपमा स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने पारवहन अधिकार हनन नगर्न अनुरोध गर्नुभएको छ ।
वानले भारतको नाम नलिई भूपरिबेष्ठित मुलुक नेपालको पारवहन अधिकारबारे बोल्नुभएको हो । वानले नेपाल भारत सीमाबाट नेपालतर्फ अत्यावश्यक बस्तुहरु आउन अवरोध भइरहेकोमा चिन्ता जनाउनुभएको छ ।
राष्ट्रसंघीय महासचिव वानले नाकाबन्दीका कारण चरम इन्धन संकट हुंदा योजना मुताविक नेपालका भूकम्प प्रभावित गाउंहरुमा आवश्यक सहयोगहरु पुर्याउन कठिन भइरहेकोमा चिन्ता जनाउनुभएको छ ।
वानले जाडो याम शुरु हुन लाग्दा उच्च हिमाली भूभागमा रहेका भुकम्प पीडितका लागि न्यानो कपडा, खाद्यान्न र आवास सामाग्री उपलब्ध गराउन अवरोध भएको जनाउनुभएको हो ।
नेपालमा देखिएको आपूर्तिको असहज अवस्थामा बारेमा महासचिव मुनले राखेको सरोकारलाई राष्ट्रसंघको वेबसाइटमा यसरी उल्लेख गरिएको छ –


