फ्रान्सका राष्ट्रपतिलाई फोन गरेर के भने केपी ओलीले ?
Advertise Here Book Now

प्रधानमन्त्री केी शर्मा ओली र फ्रान्सका राष्ट्रपति फ्रान्सिस अलन्दबीच टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा फ्रान्सले नेपालको आर्थिक विकासका लागि मिलेर काम गर्ने बताएको छ ।
फ्रान्सिस अलन्दले नेपालको आर्थिक विकास र प्रगतिमा सहयोग गर्न आफू र आफ्नो मुलुक इच्छुक रहेको बताएका थिए ।
नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध पुरानो भएपनि दुई देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखको तहमा औपचारिक भ्रमण नभएको सन्दर्भमा फ्रान्सेली राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच टेलिफोन वार्ता गरेका हुन् ।
सोमबार भएको टेलिफोन वार्तामा फ्रान्सेली राष्ट्रपति अलन्दले नेपालको प्राकृतिक सौन्दर्य र विविधताको बारेमा थाहा पाएको बताएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्